१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

न्यु स्टार पोल सेमिफाइनलमा

न्यु स्टार पोल १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताअन्तर्गत बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ।

मूलपानीमा भएको क्वार्टरफाइनलमा न्यु स्टारले एकलव्य शिक्षा सदनलाई टाइब्रेकरमा ४-३ गोलले पराजित गर्‍यो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो।

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरूको संगठन (फेका) द्वारा आयोजित प्रतियोगितामा हाइली क्रिएटिभ र अक्षरिका पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भए। हाइलीले ब्रह्मकुञ्ज शिक्षा सदनलाई १-० को झिनो गोलअन्तरले हरायो। रिसुक स्थापितले निर्णायक गोल गरे।

अक्षरिकाले प्रीतिमामाथि ५-१ को सहज जित दर्ता गर्‍यो। सेमिफाइनलमा अक्षरिकाको भेट न्यु स्टारसँग हुनेछ भने हाइली क्रिएटिभले गेटवे एकेडेमीविरुद्ध खेल्नेछ। सेमिफाइनल शुक्रबार हुनेछ।

प्रकाशित: २८ मंसिर २०८० ०१:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App