२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

प्रिमियर लिग फुटबलमा आज पनि ८ खेलहरु हुदै

लण्डन – इङलिस प्रिमियर लिग फुटबलमा आज पनि ८ खेलहरु हुदैछन्। नेपाली समयअनुसार साझ ६ः१५ मा सुरु हुने आजको पहिलो खेलमा चेल्सी र ब्राइटन आमने सामने हुनेछन्।

त्यस्तै राति ८ः४५ मा ६ वटा खेल हुनेछन। जसमा म्यानचेस्टर यनाइटेडले बर्नली, आर्सनलले क्रिस्टल प्यालेस, एभर्टनले वेस्ट ब्रोम, लेस्टर सिटीले वार्टफोर्ड, स्वान्सी सिटीले हडल्सफिल्ड तथा वेस्ट ह्याम युनाइटेडले बर्नमाउथको सामना गर्नेछन्।

यता राति सवा ११ः१५ मा हुने आजको अन्तिम खेलमा शिर्ष स्थानको म्यानचेस्टर सिटीले न्युक्यासल युनाइडेडको समाना गर्नेछ। 

प्रिमियर लिगको २३ औं चरणका खेलहरु सकिँदा ६२ अंकसहित म्यानचेस्टर सिटी लिगकोे शीर्ष स्थानमा छ।
म्यान्चेष्टर सिटी अघिल्लो खेलमा लिभरपुलसँग ४–३ ले पराजित भएपछि दोस्रो स्थानको म्यानचेष्टर युनाईटेडलाई सिटीसँगको अंकदुरी १२ मा झारेको छ। युनाइटेडको समान खेलबाट ५० अंक छ।

त्यस्तै ४७–४७ अंक जोडेका लिभरपुल र चेल्सी लिगको तेस्रो र चौथो स्थानमा छन् । गोलअन्तरका आधारमा समान अंक भए पनि चेल्सी अगाडि आएको हो। लिगमा स्टोक सिटी, वेष्टह्याम र स्वान्सी क्रमस् १८, १९ र २० औं स्थानमा रहदै रेलिगेशन जोनमा छन्।

                   
                   
                   

 

 

प्रकाशित: ६ माघ २०७४ ०८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App