नेपाल सुपर लिग अन्तर्गत आज बुटवल लुम्बिनी र झापा एफसीबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ बजे सुरु हुनेछ।
आजको खेलमा पाँचौ स्थानमा रहेको बुटवल जित निकाल्दै अङ्क तालिकामा माथि उक्लिन चाहन्छ भने जितविहीन झापा एफसी पनि पहिलो जितको खोजीमा मैदान उत्रने छ।
बुटवलले हालसम्म ५ खेलमा २ मा जित १ बराबरी र २ मा पराजित बनेको छ भने ४ खेल खेलेको झापाले ३ बराबरी गर्दै १ मा पराजित बनेको छ।
आजको खेलमा झापालाई पराजित गर्न सके बुटवल लुम्बिनी यस सिजन दोहोरो अङ्क जोड्ने पहिलो टिम बन्दै शीर्ष स्थानमा पुग्नेछ। उता झापाको लागि भने आजको खेल गर या मर जस्तै अवस्थामा हुनेछ।
प्रकाशित: २६ मंसिर २०८० ०३:२४ मंगलबार



-600x400.jpg)

