८ असार २०८१ शनिबार
image/svg+xml
खेल

लालीगुराँस टिम च्याम्पियन

लालीगुराँस नेसनल एकेडेमीले दोस्रो तार्केश्वर मेयर रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ।

तार्केश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा लालीगुराँस २३ स्वर्ण, ९ रजत र ७ कांस्य जित्दै ४९ विद्यालय सहभागी प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो। डिफेन्डिङ च्याम्पियन हिमरश्मि १४ स्वर्ण, २१ रजत र १२ कांस्यसाथ दोस्रो भयो।

तेस्रो स्थानको किन्डर गार्टेनले १० स्वर्ण र २ रजत हात पार्‍यो। ६ स्वर्ण, ५ रजत र २ कांस्यसाथ कौशल इङलिस बोर्डिङ स्कुल चौथो भयो। टिम च्याम्पियनले १ लाख, दोस्रोले ६० हजार, तेस्रोले ४० हजार र चौथोले २० हजार नगद पुरस्कार प्राप्त गरे।

विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, उपमेयर श्रृजना बुर्लाकोटी अर्याललगायतले पुरस्कृत गरे। प्रतियोगितामा टेबलटेनिस, एथलेटिक्स, भलिबल, बास्केटबल, उसु, कराते, तेक्वान्दो र ब्याडमिन्टनमा प्रतिस्पर्धा भएको थियो।

कुल ७२ स्वर्णका लागि खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यस संस्करणदेखि टेबलटेनिस, बास्केटबल र ब्याडमिन्टन समावेश गरिएको थियो। मंसिर १५ गतेदेखि सुरु प्रतियोगितामा २ हजार २ सय ५४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित: २४ मंसिर २०८० ०१:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App