५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

युरो कप–२०२४: खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा स्कटल्याण्ड र जर्मनी खेल्ने

युरो कप–२०२४ को खेल तालिका सार्वजनिक भएको छ। समूह विभाजनसहित सार्वजनिक गरिएको प्रतियोगिताको उद्घाटन खेलमा स्कटल्याण्ड र जर्मनी खेल्ने तय भएका छन्।

समूह ‘ए’ मा जर्मनी, स्कटल्याण्डसँगै हङगेरी र स्विटजरल्याण्ड छन्। यस्तै समूह ‘बी’ मा स्पेन, क्रोएसिया, इटाली र अल्बानिया रहेका छन् भने समूह ‘सी’ मा स्लोभानिया, डेनमार्क, सर्विया र इङ्ल्याण्ड छन्।

समूह ‘डी’मा नेदरल्याण्ड, अष्ट्रिया, फ्रान्स र समूह प्लेअफ विजेता एलाई राखिएको छ भने समूह ‘ई’ मा बेल्जियम, स्लोभाकिया, रोमानिया र प्लेअफ विजेता बीलाई राखिएको छ।  

समूह ‘एफ’मा टर्की, प्ले अफ विजेता सी, पोर्चुगल र चेज रिपब्लिक छन्। प्लेअफको विजेता ‘ए’ समूहमा पोल्याण्ड, वेल्स, फिनल्याड र स्टोनिया छन् भने प्लेअफ विजेता ‘बी’ मा इजरायल, बोस्निया हर्जगोभिना र युक्रेन र आइसल्याण्ड रहेका छन्। 

प्लेअफ विजेता ‘सी’मा जर्जिया, ग्रिक, काजकिस्तान र लक्जमवर्ग छन्।

प्रकाशित: १७ मंसिर २०८० ०५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App