२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

यू–१७ फिफा विश्वकप फुटबल अर्जेन्टिनालाई हराउँदै माली तेस्रो

माली यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको छ।अर्जेन्टिनालाई हराउँदै मालीले यू–१७ फिफा विश्वकप फुटबलमा तेस्रो भएको हो।

इन्डोनेसियाको सुराकार्तास्थित स्टेडन मनाहनमा शुक्रबार राति भएको खेलमा मालीले अर्जेन्टिनालाई ३–० ले हराएर  तेस्रो हुन सफल भएको हो।

क्वाटरफाइनलमा ब्राजिललाई हराएको अर्जेन्टिना सेमिफाइनलमा जर्मनीसँग पराजित भएको थियो।मालीले क्वाटरफाइनलमा मोरोक्कोलाई पराजित गर्दा सेमिफाइनलमा फ्रान्ससँग २–१ ले पराजित भएको थियो। यू–१७ फिफा विश्वकप फुटबलको उपाधिको लागि जर्मनी र फ्रान्सबीच आज  प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित: १६ मंसिर २०८० ०३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App