१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

आइसिसी विश्वकप लिग–२ मा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्ने

फाइल तस्बिर

आइसिसी विश्वकप लिग–२ को पहिलो सिरिजमा  नेपालले नेदरल्यान्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्ने भएको छ।    

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार  नेपाल, नेदरल्यान्ड्स र नामिबियाबिच आगामी फागुन ५ देखी (फेब्रुअरी १७) देखी पहिलो सिरिज सुरु हुने छ। नेपालले दुबै टोलीसँग समान दुई खेल खेल्नेछ।सिरिज नेपालमा  हुनेछ। 

यस पटक देखी नेदरल्यान्ड्सले पनि लिग २ नै खेल्नेछ । नेदरल्यान्ड्सले २०१९ देखी २०२३ सम्म १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको थियो । तर सुपर लिगबाट नेदरल्यान्ड्सलाई लिग २ मा झारेको हो।

२०२७ सम्म चल्ने लिग–२ मा नेपाल, युएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका र क्यानडा छन्। त्रिकोणात्मक सिरिजको रुपमा हुने यो खेलमा नेपालले सबै देशको भ्रमण गर्नेछ ।यसअघि २०१९ देखी २०२३ सम्म चलेको लिग २ मा नेपालले तेस्रो स्थानमा रहँदै जिम्बावेमा विश्वकप छनोट खेलेको थियो।

प्रकाशित: १५ मंसिर २०८० १२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App