२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

केपी ओली टी–२० क्रिकेटः गण्डकी पराजित हुदाँ एपीएफ सेमिफाईनलमा

प्लेयर अफ दि म्याच लुम्बिनीका मोहम्मद। तस्बिरःउमेश पुन/नागरिक

लुम्बिनी प्रदेशसँग पराजित भएसँगै गण्डकी प्रदेश केपी ओली टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिदाँ सशस्त्र प्रहरी बल भने सेमिफाईनल प्रवेश गरेको छ। आईतबार लुम्बिनी प्रदेशलाई जित्नै पर्ने दबावमा रहेको गण्डकी प्रदेश ९८ रनमा  समेटिदै ५ रनले पराजित हुदाँ घरेलु मैदानमा अभागी बन्यो।  

सशस्त्र प्रहरी बललाई पराजित गरेको गण्डकी लुम्बिनीसँग हार व्यहोर्दै बाहिरियो। सशस्त्रले लुम्बिनीलाई ८४ रनले पराजित गरेको थियो। नेट रनरेटकै आधारमा सशस्त्र अन्तिम चारमा सुरक्षित हुन पुग्यो।  

मदन भण्डारी स्पोर्टस एकेडेकीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा लुम्बिनीले गण्डकीलाई मध्यम लक्ष्य दिएको थियो। ८ विकेटको क्षतिमा पुरा २० ओभर खेल्दै १०३ रनको लक्ष्य प्रस्तुत गर्यो। यद्यपी लक्ष्यलाई गण्डकीले पुरा गर्न सकेनन्। दशौं नम्बरमा आएका सुदीप अर्यालले १६ औं ओभरमा १९ रन जोड्दै जितको आशा जगाएका थिए। उनले २४ बलमा ३५ रन बनाउँदै जगाएको आशा १९ औं ओभर मोहम्मद हुसेनको बलमा क्याच आउट भएपछि गण्डकीको सेमिफाईनल पुग्ने यात्रा टुंगिएको थियो।  

ओपनर सुशान्त थापालाई शून्यमै गुमाएको लुम्बिनीले तेस्रो नम्बरका महेश रानालाई पनि २ रनमा आउट भएपछि दबावमा परेको थियो। अर्का ओपनर मृनाल गुरुङ ११ रनमा पभेलियन फर्किएपछि लुम्बिनीको इनिङ सम्हाल्ने प्रयास विराट भण्डारी र धुर्व सुनारको काँधमा आयो। भण्डारीले १६ रन बनाए। २२ बल खेल्दै ३ चौका हिर्का। सुनारले २३ रन बनाउन २१ ब्ल खेले। २ चौका र १ छक्का हिर्काए। नर सार्कीले पनि १७ बलमा २३ रन बनाउँदै स्कोर उकास्ने प्रयास गरे । गण्डकीका अमृत गुरुङले तीन र चन्द्र पौडेलले २ विकेट लिए।  

गौरभ विक र किरण पौडेललाई  दुई ओभरमा गुमाएको गण्डकीले मुस्कान थापालाई पनि एक रनमै आउट भएको हेर्न बाध्य भयो। दिनेश बुढामगरले १३ रनको स्कोर बनाए। कप्तान विपिन खत्रीको नाममा १४ बलमा १९ रन लेखियो । कमल परियार ११ रनमा आउट भए। मोहम्मद हुसैन र अजय लुनियाले समान ३ र रमेश कुर्मीले २ विकेट लिए। लुम्बिनीका मोहम्मद प्लेयर अफ दि म्याच घोषित भए।  

प्रकाशित: १० मंसिर २०८० ०७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App