२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

‘धारा नेपालगन्ज म्याराथन’मा रेकर्ड ब्रेक गर्ने खेलाडी लण्डन जान पाउने

धारा नेपालगन्ज म्याराथनको अघिल्लो संस्करणमा सहभागी। फाइल तस्बिर: नागरिक

‘धारा नेपालगन्ज म्याराथन’को नवौं संस्करणमा रेकर्ड ब्रेक गर्ने खेलाडी लण्डन म्याराथनमा सहभागी हुन पाउने भएका छन्।म्याराथनमा उत्कृष्ट स्कोर हासिल गर्ने एक जना खेलाडीलाई यसपटक लण्डन म्याराथनमा सहभागी गराइने आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिएका छन्।

म्याराथनको नवौं संस्करण भोलि शनिबार नेपालगन्जमा हुँदैछ।विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिरको स्मरणमा यहाँ हरेक वर्ष म्यारथन सञ्चालन हुदै आएको छ।म्याराथनको नवौ संस्करणको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ।

अध्यक्ष ठकुरीले भोलि शनिबार हुन लागेको म्याराथनको आवश्यक तयारी पुरा भएको जानकारी दिदै नागरिकसँग भने, ‘म्याराथनकै अर्को श्रृंखला नेपालगन्ज कनक्लेभ’ पनि शुक्रबार सम्पन्न भइसकेको छ।’ कनक्लेभमा आर्थिक, साहित्य, आधा आकाश, खेल सहितको विभिन्न बिषयमा छलफल भएको थियो।

म्याराथनमा यसपटक पुरस्कार राशीमा केही बृद्धि गरिएको आयोजकले जनाएको छ। म्याराथनका विजेताले यसपटक नगद २ लाख प्राप्त गर्नेछन्। यस्तै दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रो हुनेले ५० हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार, छैटौंले १० हजार, सातौं र आठौंले समान ५÷५ हजार नगद प्राप्त गर्ने आयोजले जनाएको छ। हाफ म्याराथन(महिला)मा प्रथम हुनेले ७५ हजार, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथो हुनेले १५ हजार, पाँचौले १० हजार, छैटौं, सातौं र आठौंलाई समान ५÷५ हजार प्रदान गरिनेछ।

यस्तै १० किलोमिटर महिला र पुरुषतर्फ शिर्ष तीन जनालाई ३० हजार, १५ हजार र १० हजार नगदले पुरस्कृत गरिने अध्यक्ष ठकुरीले बताए। स्कुल स्तरिय ५ किलोमिटर दौडमा शिर्ष तीन जनालाई पाँच हजार, तीन हजार र दुई हजार प्रदान गरिने आयोजकले जनाएको छ।

ह्वील चियर दौडमा पनि पुरुष र महिलातर्फ अलग अलग शिर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजार नगदसहित पुरस्कृत गरिने ठकुरीले जानकारी दिए।  

प्रकाशित: ८ मंसिर २०८० १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App