१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

ट्राभिस हेड ‘भारत–अस्ट्रेलिया फाइनलमा शतक हान्ने पहिलो खेलाडी’ अरू क–कसले हाने यसअघिका फाइनलमा शतक ?

अस्ट्रेलियालाई छैंटौ विश्वकप जिताउन सफल खेलाडी ‘ट्राभिस हेड’ भारत–अस्ट्रेलियाबिचको आइतबार साँझ भएको फाइनल खेलमा शतक हान्ने पहिलो खेलाडी बनेका छन्। उनले आइतबार साँझ अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको फाइनल खेलमा १२० बलमा १३७ रन बनाएका थिए।  

योसहित यस अघिका फाइनल खेलहरुमा शतक हान्ने खेलाडीहरूको सङ्ख्या ७ पुगेको छ। अहिलेसम्म भएका फाइनल प्रतिस्पर्धामा सर्वाधिक रन बनाउने खेलाडी अस्ट्रेलियाका एडम गिलक्रिस्ट हुन। उनले सन् २००७ को फाइनल खेलमा श्रीलङ्का विरुद्ध १४९ रन बनाएका थिए।  

यसभन्दा अघिका फाइनलमा शतक हान्ने खेलाडीहरू पनि छन्। फाइनल प्रतिस्पर्धाको शतक निकै महत्त्वपूर्ण मानिन्छ।  

क–कसले हाने अहिलेसम्मका फाइनलमा शतक ? हेर्नुस् सूची  

सन् २०११ को  वानखेडेमा भएको फाइनलमा श्रीलङ्काका खेलाडी महेला जयवर्धनेले भारतसँगको फाइनलमा १०३ रन बनाएका थिए।  

सन् २००७ मा ब्रिजटाउनमा भएको खेलमा अस्ट्रेलियाका खेलाडी एडम गिलक्रिस्टले श्रीलङ्का विरुद्ध १४९ रन बनाएका थिए ।  

यसैगरी सन् २००३मा दक्षिण अफ्रिकाको जोहानेसवर्गमा भएको फाइनल खेलमा अस्ट्रेलियाका कप्तान रिकी पोंइटिङले भारत विरुद्ध १४० रन बनाएका थिए । यसैगरी सन् १९९६ मा पाकिस्तानको लाहौरमा भएको फाइनल खेलमा श्रीलङ्काका खेलाडी अरविन्द डि सिल्बाले अस्ट्रेलिया विरुद्ध १०७ रन बनाएका थिए ।  

सन् १९७९ को फाइनलमा खेलमा वेस्ट इन्डिजका खेलाडी विवियन रिचड्र्सले इङल्याण्ड विरुद्ध १३८ रन बनाएका थिए । यसैगरी सन् १९७५ मा लाँड्र्समा भएको खेलमा वेस्ट इन्डिजका कप्तान क्लाइव लाँयडले अस्ट्रेलिया विरुद्ध ८५ बलमा १०२ रन बताएका थिए ।

प्रकाशित: ४ मंसिर २०८० ०२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App