२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

ब्याड्मिन्टनमा नेपाल स्वर्णविहीन

काठमाडौं- दीपेश धामी र शोभा गौचनको जोडी शनिबार फाइनलमा भारतका भी डेभलेकर र हारिका भेलुधुर्तीको जोडीसँग २१–१५, २१–७ को नतिजामा पराजित भएपछि योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज ब्याड्मिन्टन प्रतियोगितामा नेपाल स्वर्ण पदकविहीन भएको छ ।
पाँच स्पर्धा समावेश प्रतियोगिताको यही एक स्पर्धामा मात्र नेपाल फाइनल पुगेको थियो । तर आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भारतीय प्रतिद्वन्द्वीसँग सोझो सेटमा निराश भएपछि दीपेश र शोभाको जोडी रजत पदकमा सीमित भयो ।
भारतीय खेलाडीले पुरुष एकल र महिला युगलमा स्वर्ण पदक जित्दा महिला एकलको उपाधि हङकङकी डेङ जोए जुआनले जितिन् । पुरुष युगलको उपाधि भने सिंगापुरको जोडीले जित्यो ।
भारतका एस जैसवालले आफ्नै देशका एल साराङमाथि २१–१०, २१–१० को सोझो सेटमा हराउँदै पुरुष एकलको स्वर्ण पदक कब्जा गर्दा अर्पणा बालन र श्रुति केपीको जोडीले आफ्नै देशका एच भेलुधुर्ती र करिस्मा वाडकरको जोडीमाथि २१–८, २१–९ को नतिजामा हराउँदै महिला युगलको स्वर्ण पदक जिते ।
यसै गरी पुरुष युगलको फाइनलमा सिंगापुरका डी क्रिस्नान्ता र ही योङ काई टेरीको जोडीले मलेसियाका लिन सेर्न लान वोङ र ची तिन तानको जोडीमाथि २२–२०, १४–२१, २१–१६ को नतिजामा पराजित गर्यो ।

प्रकाशित: १० पुस २०७४ ०३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App