२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

झापाको आइकोनिक खेलाडी आवास

नेपाल सुपर लिग(एनएसएल) को क्लब झापा एफसीले नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य आवास लामिछानेलाई ‘आइकोनिक खेलाडी’ को रूपमा अनुबन्धन गरेको छ।

नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आगामी मंसिर ८ गतेदेखि सुरु हुँदै छ। त्यसका लागि फ्रेन्चाइज टोलीले तयारीमा तीव्रता दिइरहेका छन्। झापाले शनिबार एक विज्ञप्ती जारी गर्दै २२ वर्षे मिडफिल्डर आवासलाई आइकोनिक खेलाडीका रूपमा भित्राएको जनाएको हो।

गत सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एपिएफ क्लबबाट खेलेका आवास पहिलो संस्करणको एनएसएलमा विराटनगर सिटी एफसीमा थिए। विराटनगरले दोस्रो संस्करणमा नखेल्ने भएको छ।

झापाले आवासलाई अनुबन्ध गरेको घोषणा गर्न पाउँदा निकै उत्साहित भएको जनाएको छ। ‘मिडफिल्डर आवास लामिछाने प्रभावशाली तथा उच्च क्षमतावान् फुटबलर हुन्। असाधारण कौशल र अनुभव भएका उनलाई झापा एफसीमा भित्राएर लिगमा टोलीको सम्भावना बढाएका छौं,’ झापा एफसीले भनेको छ। उनले नेपाली राष्ट्रिय टोलीका लागि ९ खेल खेलेका छन्। विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग भने उनी उपलब्ध भएनन्।

पारिवारिक समस्याका कारण विश्वकप छनोटका लागि आवास राष्ट्रिय टोलीमा सामेल हुन नसकेको बताइएको छ। ‘नयाँ अवसरप्रति उत्साहित भएँ। झापा एफसीमा आबद्ध भएर नेपाली फुटबलको विकासमा योगदान पु¥याउन पाउँदा म गौरवान्वित भएको छु।

नेपाल सुपर लिग उत्कृष्ट मञ्च हो र टोलीका लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न आतुर छु,’ २२ वर्षे मिडफिल्डर आवासले भने। झापा एफसीले यस संस्करणको पहिलो खेल आगामी मंसिर ११ गते स्पोर्टिङ इलाम एफसीविरुद्ध खेल्नेछ ।

प्रकाशित: ३ मंसिर २०८० ०३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App