१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

श्रीलंकाविरुद्ध भारतको फराकिलो जित

श्रीलंका- पहिलो टी-२० क्रिकेट प्रतियोगितामा भारतले श्रीलंकालाई ९३ रनको फराकिलो अन्तरले पराजित गरेको छ। बुधबार राति श्रीलंकामा भएको खेलमा भारतले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याएको श्रीलंका ८७ रनमै अलआउट हुन पुग्यो।

श्रीलंकालाई ८७ रनको सामान्य स्कोरमा समेटन भारतका लागि स्पिनर युजवेन्द्र चाहालले ४, हार्दिक पाण्डेयले ३, कुलदिप यादवले २ र जयदेव उनाडकाटले १ विकेट लिएका थिए। 

यसअघि पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाइ १ सय ८० रन बनाएको थियो । भारतका लागि लोकेश राहुलले सर्वाधिक ६१, महेन्द्रसिंह धोनीले ३९ मनिष पाण्डेले नटआउट ३२, श्रेयस आयरले २४, र रोहित शर्माले १७ रनको योेगदान दिए। यो जित टि–२० क्रिकेटको इतिहासमा भारतको अहिलेसम्मकै फराकिलो जित हो।

 

प्रकाशित: ६ पुस २०७४ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App