१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

काठमाडौं किङ्सको लगातार दोस्रो हार

काठमाडौं–एभरेष्ट प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगितामा श्रीलंकन खेलाडी फारभिज माहरुफको काठमाडौं किङ्स ११ लगातार दोस्रो खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हिजो भएको पहिलो खेलमा काठमाडौं किङ्स ११ भैरहवा ग्लाडियटर्ससँग ७ विकेटले पराजित भयो । पहिलो खेलमा पनि काठमाडौं किङ्स ललितपुर प्याट्रियट्ससँग ७ विकेटलेनै पराजित भएको थियो ।
टस जितेर पहिले ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १८ रन बनायो । जुन भैरहवाले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥यो । काठमाडौंका ओपनर अमित श्रेष्ठले २९ रन जोड्दा अर्का ओपनर सागर पुन १५ रनमा पवेलियन फर्किए । राजु रिजालले २२ बनाए । सागर कुमारले २८ रन जोड्दा कप्तान माहरुफ ७ रन जोडेर क्याच भए । भैरहवाका दीपेश श्रेष्ठले ३ विकेट लिँदा कप्तान शरद भेषावकरले २ विकेट लिए । आरिफ शेख र पुनित मेहराको नाममा १÷१ विकेट रह्यो ।
५.३ ओभरमा २४ रन जोड्दा २ विकेट गुमाएको भैरहवाका लागि पुनीत विष्टले कप्तान शरद्सँग तेस्रो विकेटका लागि ६० रनको साझेदारी गर्दै जितको आधार तयार परे । ३१ बलमा २ चौका र १ छक्कासहित ३१ रन जोडेका शरद पवेलियन फर्किएपछि पुनीतले आरिफसँग ३७ रनको साझेदारी गर्दै भैरहवालाई महत्वपूर्ण जित दिलाए । प्रतियोगितामा भैरहवाको यो पहिलो खेल हो । काठमाडौंका सोमपाल कामी, अमरसिंह राउटेला, सुशील कँडेलले १/१ विकेट लिए ।

 

प्रकाशित: ६ पुस २०७४ ०१:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App