३ पुस २०८१ बुधबार
image/svg+xml
खेल

ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्छौंः कप्तान बर्मा

नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले छोटो समयमा पनि राम्रो तयारी भएकाले चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्ने बताएकी छन्।

नेपालले आगामी कात्तिक २९ गतेदेखि हङकङमा चार देश सम्मिलित ट्वान्टी–२० श्रृंखला खेल्दैछ। त्यसका लागि नेपाली महिला क्रिकेट टोलीले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा छोटो तयारी गरेको थियो। नेपाली टोली भोलि आईतवार त्यसतर्फ प्रस्थान गर्दैछ। नेपाल क्रिकेट संघ (क्यान) ले आज शनिवार एक कार्यक्रमको आयोजना गर्दै उनीहरूलाई बिदाई ग¥यो। सो अवसरमा पत्रकारसँगको कुुराकानीमा नवनियुक्त कप्तान इन्दुले आफ्नो लागि समेत अवसरका रूपमा लिएको यस श्रृंखलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरेका हुन्।

११ वर्षदेखि नेपालको कप्तानी समाल्दै आएकी रुविना क्षेत्रलाई हटाउँदै क्यानले यसै हप्ता मात्र इन्दुलाई नेतृत्वको जिम्मेवारी दिएको हो। त्यसैले इन्दुका लागि यो पहिलो परीक्षासमेत हुनेछ। कप्तान इन्दुले पनि यसलाई चुनौतिको रूपमा लिएको बताएकी छिन्। पछिल्ला समय कमजोर पक्षमा ध्यान दिएको उनले उल्लेख गरिन्। कप्तान इन्दुले विशेष फिल्डिङ र फिटनेसमा काम गरेको बताएकी छन्।

नेपालले अन्तिम समयमा मात्र प्रशिक्षक नियुक्त गरेको हो। पारस खड्का निकट मानिएका झापाका मनोज कटुवालले महिला क्रिकेट टोलीको प्रशिक्षण जिम्मेवारी पाएका हुन्। नवनियुक्त प्रशिक्षक मनोज कटवालले पनि ६÷७ दिनको तयारीबाट चुनौती धेरै भए पनि च्याम्पियन भएर फर्किने आशा व्यक्त गरेका छन्।

आज शनिवार क्यानले मुलपानीस्थित मुख्यालयमा टोलीको बिदाई गरेको हो। क्यानका सचिव पारस खड्का तथा सदस्यद्वय दिवाकर घले र सुदीप शर्माले टोलीलाई बिदाई गरेका थिए। क्यानका सचिव खड्काले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन भएर घर फर्कन शुभकामना दिए। साथै उनले पुरुष टोलीले झैँ शानदार प्रदर्शन गरेर च्याम्पियन हुन आग्रह गरे। क्यानले उपकप्तानको जिम्मेवारी भने बिन्दु रावललाई दिएको छ। नेपाली टोलीमा पूर्वकप्तान रुविना क्षेत्री, सीता रानामगर, खुशी डंगोल, सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ,, सम्झना खड्का र रुबी पोदार परेका छन्। कात्तिक २९ देखि मंसिर ३ सम्म हुने श्रृंखलाका सबै खेल हङकङ क्रिकेट क्लवको मैदानमा हुनेछन्।

शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन्। पुछारका दुई टोलीले तेस्रो स्थानमा लागि प्रतिष्पर्धा गर्नेछन्। श्रृंखलाको पहिलो खेलमा तान्जेनियाको सामना गर्ने भएको छ। नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ मा हुनेछ। नेपालले कात्तिक ३० मा आयोजक हङकङ र मंसिर दुई गते जापानको सामना गर्नेछ। तान्जेनिया र जापान नेपालको लागि नयाँ प्रतिद्वन्द्वी हुन्।

 

प्रकाशित: २५ कार्तिक २०८० १२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App