१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

त्रिभुवन आर्मी सेमिफाइनलमा

चितवनको त्रिभुवन बिएफसी क्लबलाई ३-१ ले पराजित गर्दै त्रिभुवन आर्मी क्लब मुख्यमन्त्री कोहलपुर गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

खेल सुरु भएको दशौं मिनेटमा शनिबार बिएफसी चितवनका खेलाडी सुजित बुढाथोकीले १ गोल गरेर आफ्नो टोलीको खाता खोलेका थिए। तर, त्रिभुवन आर्मीका टंक बस्नेतले २७औं, मानबहादुर बुढामगरले ५६औं र ६९औं मिनेटमा लगातार गोल गरेपछि आर्मीको जित सहज बन्यो। त्रिभुवन आर्मीका खेलाडी टंक बस्नेत म्यान अफ दी म्याच घोषित भए। उनले नगद ५ हजार प्राप्त गरे।

उक्त प्रतियोगितामा विभिन्न ८ टोली सहभागी छन्। प्रतियोगिताका विजेता टोलीले आठ लाख र उपविजेताले ४ लाखसहित ट्रफी र प्रमाणपत्र पाउने आयोजक रेसिङ सहारा क्लबले जनाएको छ। कोहलपुर नगरपालिका–२ स्थित तेह्र बिघा मैदानमा गोल्डकप चलिरहेको छ। प्रतियोगितामा आइतबार एभिनियर एफसी क्यामरुन र दुधौली स्पोर्टस क्लब सिन्धुलीबीच खेल हुने आयोजक संस्थाका जनक केसीले जानकारी दिए। प्रतियोगिता यही कात्तिक २२ गतेसम्म चल्नेछ।

प्रकाशित: १९ कार्तिक २०८० ०४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App