२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आइसीसी टी–२०ः नेपाललाई छैठाैँ सफलता

आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत मंगलबार भइरहेको खेलमा नेपाललाई छैठाैँ सफलता हात परेको छ।

आक्रामक रुपमा व्याटिङ सुरु गरेको मलेसियाका छैठाैँ ब्याट्म्यान आउट भएपछि नेपाललाई केही राहत मिलेको छ।

करण केसीको बलमा मलेसियाका ऐनुल हाफिज रन आउट भएका हुन्। उनी रन आउट भएसँगै नेपाललाई छौंटौं सफलता हात परेको हो।

यसअघि गुल्सन झाको बलमा मलेसियाका शैयद अजिज आउट भएका थिए। गुल्सन झाले स्लोअर बाउन्सर फालेको थिए। उनलाई कुशल भुर्तेलले निकै सहज क्याच आउट गरेका हुन्।

मलेसियाले १५.४ ओभरमा १३० रन बनाएर ६ विकेट गुमाएको छ। मलेसियाले टस जितेर ब्याटिङ रोजेको हो। यो खेल जित्ने टिम सेमिफानलमा पुग्ने छ।

प्रकाशित: १४ कार्तिक २०८० ०८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App