१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

आइसिसी विश्वकप : आज पाकिस्तान र बंगलादेशविच खेल हुने

भारतमा जारी आइसिसी विश्वकप क्रिकेटको १३ औं सस्करणमा आज पाकिस्तान र बंगलादेशविच खेल हुँदैछ।नेपाली समय अनुसार दिउँसो २ :१५ देखि सुरु हुने यी दुई बिचको खेल कोलकताको इडेन गार्डेनमा हुनेछ।

जारी विश्वकपमा पास्तिान र बंगलादेशले राम्रो प्रदर्शन गर्न सकेका छैन । ६ वटा खेल सकिदासम्म पाकिस्तानले २ वटा तथा बंगलादेशले १ वटा मात्र खेल जितेका छन् ।तालिकामा पाकिस्तान  सातौ तथा बंगलादेश नबौ स्थानमा रहेका छन । शिर्ष चार टोलीमात्र सेमिफाइनलमा प्रवेश गर्न पाउँछन । आजको खेलसहित पाकिस्तान र बंगलादेशले तीन खेल खेल्न बाँकी रहेको छ।

एकदिवसीय खेलमा पाकिस्तान बंगलादेशविच अहिलेसम्म ३८ खेल भएका छन् । ३५ खेल पाकिस्तानले जित्दा ३ खेल बंगलादेशले जितेको छ। विश्वकप क्रिकेटमा भने यी दुई बिच दुई पटक मात्र खेल भएको छ।दुवैले एक एक खेल जितेका छन।

आयोजक भारत ६ वटै खेल जितेर १२ अंकका साथ तालिकाको पहिलो स्थानमा रहेको छ । त्यसैगरी  ६ खेलमा ५ जित र १ हारसंगै १० अंकपाएर दोस्रो स्थानमा रहेको छ। त्यसैगरी न्युजिल्याण्ड र अष्ट्रेलियाले ६ खेलमा ४  जित र २ हारसंगै आठ आठ अंक पाएका छन।

 रनरेटका आधारमा न्युजिल्याण्ड तेस्रो तथा अष्ट्रेलिया चौथौ स्थानमा रहेको छ । अफगानिस्तान ६ खेलमा ३ जित र ३ हारसंगै ६ अंक बटुलेर पाँचौ स्थानमा रहेको छ।चार चार अंक पाएका श्रीलंका पाकिस्तान नेदरल्याड्स क्रमस  छैठौ ,  सातौ र आठौ स्थानमा रहेका छन । दुई दुई अंक पाएको बंगलादेश र साविक बिजेत इग्ल्याण्ड क्रमस नवौ र दसौ स्थानमा छन । 

प्रकाशित: १४ कार्तिक २०८० ०४:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App