१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विश्व क्रिकेट लिगका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ  - विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दुई खेलका लाागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ । 
यही मंसिर २० र २२ गते युएईको अबुधावीस्थित शेख जायेद रंगशालामा हुने खेलका लागि चार वैकल्पिक खेलाडीसहित १८ सदस्ययी टोलीको घोषणा गरिएको हो । आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले उक्त खेलाडी छनोट गरेको हो । 
छनोट हुनेमा नेपाली टोली कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, सागर पुन, करण केसी, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, शक्ति गौचन, विनोद भण्डारी र सन्दीप लामिछाने छन् ।त्यसैगरी आरिफ शेख, ललितसिंह भण्डारी, तथा दिलीप नाथ छनोटमा परेका छन् भने यता वैकल्पिकतर्फ जितेन्द्र मुखिया, अनिलकुमार शाह, सिद्धान्त लोहनी तथा कुशल भुर्तेल छन् । उक्त टोली यही मंसिर १३ गते युएई जाने नेपाली टोलीका व्यवस्थापक एंव टेक्निकल एलानिस्ट रमन शिवाकोटीले जानकारी दिए । त्यहाँ नेपालले अमेरिका र केन्यासँग अभ्यास खेल खेल्नेछ । (रासस)

प्रकाशित: ११ मंसिर २०७४ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App