२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

जुम्लामा फुटबल प्रतियोगिता

तस्बिर: नागरिक।

जुम्लाको चन्दननाथ नगरपालिका- ४ को आयोजनामा यहाँ वडा कप सुरु भएको छ।

एक लाख उपाधि राशि रहेको वडा कप शनिबारदेखि सुरु भएको हो। खेल २२ गतेसम्म संचालन हुनेछ। लामो समय पछि जुम्लामा फुटबल प्रतियोगिता सञ्चालन भएको हो।

प्रतियोगितामा टिमहरुको उल्लेख सहभागिता देखाएको चन्दननाथ नगरपालिका- ४ का वडाध्यक्ष नवराज देवकोटाले जानकारी दिए।

८ वटा स्थानीय तह र ६० वडा भएको जुम्लामा ३० टिम सहभागी छन्। खेल नेपाली सेनाको खेलमैदान टुँडिखेलेमा संचालन गरिएको हो।

वडाध्यक्ष देवकोटाका अनुसार पातारासी, गुठिचौर, चन्दननाथ नगरपालिका र तातोपानी, तिला र कनकासुन्दरी गाउँपालिका भित्रका वडाले खेलमा सहभागिता लिएका छन्। खेलमा सिंजा र हिमा गाउँपालिकाबाट भने सहभागी छैनन्।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार १ सय ११ र द्वितीय स्थान हासिल गर्ने टिमले ५१ हजार १ सय ११ रुपैयाँ उपाधि रकम पाउनेछन्। प्रत्येक टिममा १८ खेलाडी, ३ जना प्रशिक्षक, व्यवस्थापक र मेडिकल अफिसियल गरी २१ जना छन्।

प्रति टिमबाट १५ हजारका दरले टिम दर्ता शुल्क लिइएको छ। प्रतियोगितामाको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले गरेका थिए।

प्रतियोगिताको पहिलो खेल चन्दननाथ-४ भेट्रान र चन्दननाथ -५ भेट्रान बिच भएको थियो। जसमा चन्दननाथ ४ लाई ५ ले ३-२ गोल अन्तरले पराजित गर्‍यो।

यस्तै भोली बिहान ८ बजे चन्दननाथ-३ र चन्दननाथ-८ (ए) बिच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेल दिउँसो  १२ बजे चन्दननाथ-९ (ए) र गुठिचौर-५ बिच हुनेछ। आइतबारको अन्तिम खेल दिउँसो ३ बजे चन्दननाथ-१ (बि) र चन्दननाथ-६ (ए) बिच हुने आयोजकले जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०८० १६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App