५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

स्व.मनोजकुमार चौधरी म्याराथनको उपाधि संजीव शर्मालाई

स्व. मनोजकुमार चौधरी म्याराथनको उपाधि संजीव शर्माले जितेका छन्। शनिबार भएको चौधरी म्याराथन दौड बाह्रौँ संस्करणको उपाधि शर्माले जितेका हुन्।

शर्माले ४६ प्रतिस्पर्धीलाई पछाडि पार्दै १७ मिनेट २ सेकेन्डमा पाँच किलो मिटर पार गरेका थिए। ११ औँ संस्करणमा उपाधि जितेका जेशकुमार राम भने यसपटक दोस्रो भएका छन्।

उपाधि विजेता चौधरीले साइकल पाएका छन् भने उपविजेता रामले मिक्सचर पाएका छन्। तृतीय भएका राजा महतोले विद्युतीय हिटर पाएका छन् भने चौथो भएका  रत्नेश चौधरीले पनि विद्युतीय हिटर प्राप्त गरेका छन्।

सर्लाही, रौतहट र बारा जिल्लाका धावकहरु सहभागी हुँदै आएको म्याराथन रौतहटको एउटा प्रतिष्ठित प्रतियोगिताको रुपमा स्थापित भइसकेको छ। हरेक वर्ष विभिन्न व्यक्ति तथा संस्थाको प्रायोजनमा हुँदै आएको कार्यक्रम यस वर्ष रौतहट सुन चाँदी व्यवसायी संघका अध्यक्ष अरुणकुमार सोनीले व्यवस्थापन गरेका थिए।

प्रकाशित: ४ कार्तिक २०८० ०६:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App