१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट :भारतविरुद्ध बंगलादेशले २५६ रन बनायो

विश्वकप क्रिकेटको १३ औं सस्करण अन्र्तगत आयोजक भारतविरुद्ध बंगलादेशले  २५६  रन बनाएको छ।

भारतको पुनेमा जारी यो खेलमा बंगलादेशले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारीत ५० ओभरमा ८  विकेट गुमाएर २५६ रन बनाएको हो।

बंगलादेशकालागि  सबैभन्दा वढि लिटन कुमार दासले ८२ बलमा ७ चौकासहित ६६ रन बनाए । त्यसगरी    तंज़िद हसनले ४३ बलमा ५ चौका र ३ छक्का सहित ५१ रनको योगदान दिए। महमुदउल्लाहले ३६ बलमा ३ चौका र ३ छक्कासहित ४६ रन बनाए।

त्यसैगरी मुशफ़िक़ुर रहीमले  ४६ बलमा १ चौका र १ छक्का सहित ३८  रन बनाए ।त्यसैगरी कप्तान नजमुल शान्तो ८ रनमा, मेहदी हसन ३ रनमा तथा मो। तौहीद हृदोय  १६ रन बनाएर आउट भए।बंगलादेशका नासुम अहमद  १४ रन बनाएर आउट भए।

भारतका लागि रवींद्र जाडेजाले १०ओभरमा  ३८ रन खर्चेर २ विकेट लिए।त्यसैगरी मोहम्मद सिराज र जसप्रीत बुमराहले  दुई दुई विकेट  तथा , शार्दुल ठाकुर र कुलदीप यादवले एक एक विकेट लिए।

जारी प्रतियोगितमा दुवैको यो चौथो खेल हो।आयोजक भारत यस अघिका तीनै खेल जितेर ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। बंगलादेशले चाहि यस अघि खेलेको तीन मध्ये १ मा जित र २ मा हारसहित २ अंक पाएर तालिकाको छैठौ स्थानमा रहेको छ।

बंगलादेश र भारत अहिलेसम्म ५० ओभरको खेलमा ४० पटका आमने सामने भएका छन।३१ पटक भातरले खेल जित्न ८ पटक बंगलादेशले भारतलाई हराएको छ। १ पटक भने खेलको निर्णय हुन सकेको थिएन।

विश्वकप क्रिकेटमा चाहि भारत र बंगलादेशबिच अहिलेसम्म ४ पटक प्रतिस्पर्धा भएको छ। ३ पटक भारतले खेल जितेको छ भने एक पटक बंगलादेशले खेल जितेको छ।  

प्रकाशित: २ कार्तिक २०८० १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App