१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट :भारत र बंगलादेशबिच खेल जारी,बंगलादेश पहिला व्याटिङ गर्दै

विश्वकप क्रिकेटको १३ औं सस्करण अन्र्तगत अहिले आयोजक भारत र बंगलादेशबिच अहिले खेल भईरहेको छ।

भारतको पुनेमा जारी यो खेलमा बंगलादेशले टस जितेर पहिला व्याटिङ गरेको छ। ताजास्थीतीमा बंगलादेशले १३ ओभरमा कुनै विकेट नगुमाएर ८२ रन बनाएको छ।

बंगलादेशका सुरुवाती व्याटर लिटन कुमार दास र तंज़िद हसन क्रिजमा छन।दास ३५ रन तथा हसन ४४ रन बनाएर खेलिरहेका  छन।  

जारी प्रतियोगितमा दुवैको यो चौथो खेल हो।आयोजक भारत यस अघिका तीनै खेल जितेर ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। बंगलादेशले चाहि यस अघि खेलेको तीन मध्ये १ मा जित र २ मा हारसहित २ अंक पाएर तालिकाको छैठौ स्थानमा रहेको छ।  

बंगलादेश र भारत अहिलेसम्म ५० ओभरको खेलमा ४० पटका आमने सामने भएका छन।३१ पटक भातरले खेल जित्न ८ पटक बंगलादेशले भारतलाई हराएको छ। १ पटक भने खेलको निर्णय हुन सकेको थिएन।विश्वकप क्रिकेटमा चाहि भारत र बंगलादेशबिच अहिलेसम्म ४ पटक प्रतिस्पर्धा भएको छ। ३ पटक भारतले खेल जितेको छ भने एक पटक बंगलादेशले खेल जितेको छ।  

प्रकाशित: २ कार्तिक २०८० ०९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App