१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

नेपाल र फिलिपिन्सकाे खेल गोलरहित बराबरीमा सकियाे

काठमाडाैं , कात्तिक २८ –सन् २०१९ मा हुने एएफसी एशियन कप छनोट चरणमा नेपालले फिलिपिन्ससँग गाेलरहित बराबरी खेल खेलेकाे छ । मंगलबार एन्फा कम्पेल्स्मा सम्पन्न छनाेट चरणकाे खेलमा नेपालले फिलिपिन्सलाई गोलरहित बराबरीमा रोकेको हो ।

स्ट्राइकर अनिल गुरुङको अन्तिम अन्तर्राष्ट्रिय खेलमा नेपालले फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको हाे । गाेलरहित बराबरीमा खेल सकिएपछि एफ समूहकाे पहिलाे स्थान अाेगटेकाे फिलिपिन्सलार्इ अंक तालिकामा असर परेकाे छ । 

समूह ‘एफ’ मा ४ खेलको समाप्तिमा एक अंक मात्र जोडेको नेपाल  अन्तिम स्थानमा छ र टोली छनोट चरणबाट बाहिरिसकेको छ ।  यता समान खेलमा दुई जित र दुई बराबरीको नतिजा निकालेको फिलिपिन्स ८ अंकका साथ समूहको शीर्ष स्थानमा छ । समान खेलमा समान ६/६ अंक जोडेका यमन र ताजकिस्तान क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यसअघि सम्पन्न पहिलो लिगमा नेपालले फिलिपिन्सलाई ४–१ को नतिजा सुम्पिएको थियो ।

 

प्रकाशित: २८ कार्तिक २०७४ १०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App