१६ असार २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट: आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबिच खेल हुँदै

भारतमा जारी विश्वकप क्रिकेटको १३ औं सस्करण अन्तर्गत आज नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबिच खेल हुँदैछ। 

भारतको धर्मशाला क्रिकेट मैदानमा हुने यी दुई बिचको खेल नेपाली समय अनुसार दिउँसो २: १५ बजे देखि सुरु हुनेछ। 

जारी प्रतियोगितामा यी दुवैको तेस्रो खेल हो। यस अघि भएका दुवै खेल जितेर दक्षिण अफ्रिका ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ भने नेदरल्याण्ड्स दुवै खेल हारेर अंक तालिकाको पुछार १० औं स्थानमा रहेको छ। यी दुई बिच अहिलेसम्म ६ वटा प्रतिस्पर्धा भएका छन्। ६ वटै खेलमा दक्षिण अफ्रिकाले नेदरल्याण्ड्सलाई हराएको छ। 

यसैगरी जारी विश्वकप क्रिकेटमा पाँच पटकको विजेता अस्ट्रेलियाले हिजो श्रीलङ्कालाई ५ विकेटबाट पराजित गर्दै पहिलो जित निकालेको छ। अस्ट्रेलिया ३ खेलबाट २ अंकका साथ तालिकाको आठौँ स्थानमा रहेको छ। श्रीलङ्काले भने ३ खेलबाट कुनै अंक पाएको छैन। उ तालिकाको नवौँ स्थानमा रहेको छ। 

 आयोजक भारत ३ खेलमा तीन वटैमा विजयी हुँदै तालिकाको पहिलो स्थानमा रहेको छ। त्यसैगरी न्युजिल्याण्डले पनि ३ खेलमा तीनै जित निकालेर दोस्रो स्थानमा रहेको छ। त्यसैगरी  दक्षिण अफ्रिका २ खेलबाट ४ अंक पाएर तेस्रो तथा ३ खेलबाट ४ अंक बटुलेर पाकिस्तान चौथौँ स्थानमा रहेका छन्। इग्ल्याण्ड , अफगानिस्तान, बङ्गलादेश र अस्ट्रेलियाले ३ खेल मध्ये १ खेल जितेर दुई दुई अंक पाएका छन। रनरेटको आधारमा इग्ल्याण्ड पाँचौ ,अफगानिस्तान छैठौ , बङ्गलादेश सातौँ  र अस्ट्रेलिया आठौँ स्थानमा रहेका छन। 

प्रकाशित: ३० आश्विन २०८० ०४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App