२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

‘लाओसविरुद्धको जित दशैंका लागि उपहार’

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले सोमबार घरेलु टोली लाओसविरुद्ध जित निकाल्दै दशैंमा नेपाली समर्थकलाई उपहार दिन चाहेको बताएका छन् ।

नेपालले फिफा विश्वकप २०२६ छनोटको प्रारम्भिक चरणअन्तर्गत दोस्रो लेगको खेलमा सोमबार घरेलु टोली लाओससँग प्रतिस्पर्धा गर्दै छ । सोही खेलअघिको पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणले सुधारिएको प्रदर्शनसहित जित निकाल्ने विश्वास व्यक्त गरेका हुन् । ‘यो खेल हाम्रा लागि निकै महŒवपूर्ण छ । हामी उत्कृष्ट फुटबल खेल्न चाहन्छौं । टोली भोलि (सोमबार) को खेलका लागि उत्साहित छ,’ कप्तान किरणले भने,‘हामी जित निकाल्दै दशैंको अवसरमा समर्थकलाई उपहार दिन चाहन्छौं ।’ नेपालले पहिलो खेलमा निकै खराब प्रदर्शन गर्यो ।

अहिलेसम्म लाओसविरुद्ध जित निकालेको नेपालले गत हप्ता भने घरेलु मैदानमा नै लाओससँग १–१ को बराबरी नतिजा सामना गर्नुप¥यो । नेपालले लाओससँग पछिल्ला चार भेटमा तीन खेलमा जित निकाल्दा एक मात्र बराबरी सामना गरेको छ । सोमबार नेपालले लाओसको घरेलु मैदान न्यु लाओस नेसनल स्टेडियममा प्रतिस्पर्धा गर्दै छ । यो पाँचौं भेटमा नेपालसामु यो खेलमा जितको विकल्प हुने छैन । यद्यपि, पछिल्ला समय सुधारिएको प्रदर्शन गर्दै आएको लाओसलाई उसैको घरेलु मैदानमा हराउन नेपालका लागि सहज भने हुने छैन ।  

नेपालका कप्तान किरणले पछिल्लो खेलमा गरिएको गल्ती यस पटक सुधारिएको उल्लेख गर्दै जित निकाल्ने विश्वास व्यक्त गरेका छन् । ‘पछिल्लो खेल निकै निराशाजनक रह्यो । यस पटक भने हामीले राम्रो तयारी गरेका छौं र जित निकाल्दै अगाडि बढ्ने लक्ष्य राखेका छौं,’ किरणले भने,‘पहिलो खेलमा गल्तीहरू भए । त्यसमा काम गरेका छौं । त्यसैले जित निकाल्छौं ।’ नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले यो खेल नेपालसँगै आफ्नो लागि पनि निकै महŒवपूर्ण रहेको उल्लेख गर्दै जित निकाल्ने बताए । ‘यो खेल नेपाल र मेरा लागि पनि निकै महŒवपूर्ण छ । यदि, आगामी दिनमा अगाडि बढ्नु छ भने जितको विकल्प हुने छैन । बाटो कठिन छ । तर, हामी जित्छौं र त्यसका लागि तयार पनि छौं,’ प्रशिक्षक एनेसेले भने ।

लाओसले काउन्टर अट्याक फुटबल खेल्ने र त्यसका लागि आफूहरू पनि सकारात्मक सोचका साथ तयार रहेको प्रशिक्षक एनेसे बताउँछन् । ‘हामी अट्याकिङ फुटबल खेल्नेछौं । लाओसले पनि काउन्टर अट्याकमा ध्यान दिनेछ । तर, त्यसका लागि हामी पनि तयार छौं । हामी उनीहरूलाई सम्मान गर्दै खेल्नेछौं,’ एनेसेले भनेका छन् । लाओसलाई पनि दोस्रो चरणमा स्थान बनाउन नेपालविरुद्धको खेल जितको विकल्प हुने छैन । बराबरीले खेलको नतिजाका लागि अतिरिक्त समयतर्फ धकलिनेछ ।  

लाओसका कप्तान किडाभोन सौभानीले पछिल्ला गल्तीहरू सुधार गरिएको उल्लेख गर्दै सोमबारको खेलमा शतप्रशित दिने बताएका छन् । ‘हामी सोमबार शतप्रतिशत दिनेछौं । टोलीका सबै सदस्यहरू उत्साहित छन् । पहिलो खेलमा गरेका गल्तीहरूलाई सुधार गरेका छौं,’लाओसका कप्तान सौभानीले भने, ‘म समर्थकहरूलाई रंगशालामै आएर हौसला बढाइदिन अनुरोध गर्दछु ।’ लाओसका प्रशिक्षक कानलाया सिसोमभाङले केही महत्त्वपूर्ण खेलाडी घाइते भए पनि टोलीमा रहेका खेलाडीबाट राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गरेका छन् । 

प्रकाशित: ३० आश्विन २०८० ००:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App