१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

कोटेश्वरलाई १२ स्वर्ण

आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले कोटेश्वर तेक्वान्दो डोजाङ तेक्वान्दो प्रतियोगितामा शनिबार सर्वाधिक १२ स्वर्ण जितेको छ ।

दशैंको संघारमा आयोजित प्रतियोगितामा कोटेश्वरले थप ९ रजत र १४ कांस्य पदक जित्यो । नेप्लिज तेक्वान्दो एकेडेमी १० स्वर्ण, आठ रजत र सात कांस्य साथ दोस्रो भयो । तेस्रो स्थानको सुन्दरीमाईले सात स्वर्ण, ६ रजत र सात कांस्य हात पा¥यो । नयाँ खेलाडीलाई ‘म्याच एक्सपोजर’ गराउने र फाइट खेल्न सिकाउने उद्देश्यले प्रत्येक तौलमा चार जना मात्र खेलाडी समावेश गरिएको थियो । कोटेश्वर डोजाङका प्रमुख नवीनकुमार श्रेष्ठले नयाँ खेलाडीले म्याच एक्सपोजर कम पाउने र उनीहरूले प्रतियोगितामा कसरी खेल्ने भन्ने ज्ञान नपाउने भएकाले ती खेलाडीलाई सिकाउन पनि यस किसिमको प्रतियोगिताको अवधारणा ल्याइएको बताए ।

‘यहाँ नयाँ र जुनियर खेलाडी मात्र खेल्छन् । धेरै तौलको अन्तरमा समावेश गर्दा भविष्यमा राम्रो खेलाडी बन्न सक्ने पनि हतोत्साहित हुन्छन् । त्यसैले हामीले एउटा मात्र तौल राख्छौं र त्यसमा चार जना खेलाडीले प्रतिस्पर्धा गर्छन्,’ आयोजक प्रमुख नवीनकुमारले भने, ‘यहाँ सफलता पाउँदा उनीहरू खेलप्रति प्रोत्साहित होऊन् भन्ने हाम्रो उद्देश्य हो ।’ विजेतालाई ओलम्पियन तेक्वान्दोका विधान लामा, नेपालकी पहिलो महिला ब्ल्याक बेल्टधारी ब्रिगेडियर सुधा सेन मल्ल, ओलम्पियन तेक्वान्दोका दीपक विष्ट, तेक्वान्दोका पूर्वमुख्य प्रशिक्षक ध्रुव गुरुङ, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीन श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा २४ डोजाङका दुई सय ८७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

अशोकलाई कोटेश्वर डोजाङको सम्मान

कोटेश्वर तेक्वान्दो डोजाङले नेपाली तेक्वान्दोमा योगदान पु¥याएको भन्दै कदरस्वरूप अशोक खड्कालाई शनिबार सम्मान गरेको छ ।

ओलम्पियन तेक्वान्दोका विधान लामा, नेपालकी पहिलो महिला ब्ल्याक बेल्टधारी ब्रिगेडियर सुधा सेन मल्ल र तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले खड्कालाई कदरपत्र प्रदान गरी सम्मान गरे । थुप्रै अन्तर्राष्ट्रिय ¥याङकिङ तेक्वान्दो च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर देशको नाम राखेको र प्रशिक्षकको रूपमा थुप्रै तेक्वान्दो खेलाडी उत्पादन गरेकाले खड्कालाई सम्मान गरिएको हो ।

गत वर्ष विश्व तेक्वान्दोमा समेत निर्णायकको भूमिका निर्वाह गरिसकेका खड्काले हालसम्म दुई दर्जनभन्दा बढी अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । बेल्जियम ओपन, स्विडिस ओपन, अस्ट्रेलियन ओपनजस्ता वल्र्ड ¥याङकिङ प्रतियोगितामा सर्वश्रेष्ठ निर्णायक घोषित भइसकेका खड्का पारा रेफ्री कोर्स गर्ने नेपाली तेक्वान्दोकर्मीमध्ये एक हुन् ।

प्रकाशित: २८ आश्विन २०८० ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App