२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकप फुटबलको छनौट खेल : नेपाल र लाओसबिच खेल जारी, लाओस १ -० ले अगाडि

फिफा विश्वकप एसियाली छनोट खेल अन्र्तगत नेपाल र लाओसबिचको खेल जारी रहेको छ। नेपालबिरुद्ध लाओस १ -० गोलले अगाडि रहेको छ।३२ औ मिनेटमा लाओसले नेपालमाथि गोल गरेर अग्रता लिएको छ। 

काठमाडौको दशरथरंगशालामा साँझ ५ ३० बजे देखि सुरु भएको यो खेलमा गोलरक्षक किरण चेम्जोङको कप्तानीमा नेपाली टोली मैदानमा उत्रेको छ।  

फिफा वरियतामा एसियामा २७ देखि ४६ सम्म परेका २० टोलीले पहिलो चरणको छनोट दुई लेगमा होम(एण्ड(अवे खेल्ने ढाँचा रहेको छ।

नेपालको पहिलो चरणको दोस्रो खेल भने अक्टोबर १७ मा लाओसमा हुने छ।

पहिलो र दोश्रो चरणबाट उत्कृष्ट हुने टोली अघिल्लो चरणका लागि प्रवेश गर्नेछ। यो खेल क्यानाडा, अमेरिका र मेक्सिकोमा २०२६ मा हुने विश्वकपको सुरुवाती चरणको छनोट खेल हो।

नेपालको सुरुवाती ११

किरण चेम्जोङ्ग (कप्तान), सनिश श्रेष्ठ, अनन्त तामाङ्ग, रोहित चन्द, आशिष चौधरी, लाकेन लिम्बु, आवास लामिछाने, मनिष डाँगी, आयुष घलान, अन्जन विष्ट, जिलेस्पे जंग कार्की ।

प्रकाशित: २५ आश्विन २०८० १२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App