१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

विश्वकप फुटबलको छनोटमा आज साँझ नेपाल र लाओसबिच खेल हुँदै

विश्वकप फुटबलको छनोट खेलमा आज साँझ नेपाल र लाओसबिच खेल हुँदैछ।काठमाडौँको दशरथ रंगशालामा हुने यी दुईबिचको खेल नेपाली समय अनुसार साँझ साढे ५ बजे सुरु हुनेछ।

विश्वकप फुटबलको एसियाली छनोटको पहिलो चरणमा नेपालले आज पहिलो लेगको खेल खेल्न लागेको हो।दुई लेगको खेलमा जित निकाल्ने टिम एसिया छनोटको दोस्रो चरणमा प्रवेश छनौट हुनेछ ।

आफूभन्दा तल्लो वरियताका लाओसविरुद्ध उत्रदै गर्दा नेपाल सहज जितको खोजीमा हुनेछ। 

सिनियर खेलाडी अधिकांश अस्ट्रेलिया पलायन भएपछि केही युवा खेलाडीलाई समावेश गर्दै नेपालले टिम बनाएको छ। 

काठमाडौको दशरथरंगशाला परिसरमा नेपाल र लाओसबिचको खेल हेर्नका लागि टिकट गर्दै ।

आज दशरथ रंगशालामा घरेलु दर्शकको उल्लेखिय सहभागिता हुने अपेक्षा गरिएको छ।  आजको खेल हेर्नका लागि साधारण तर्फको प्याराफिटका लागि ३०० तथा भिआईपी तर्फको प्याराफिटको लागि ५०० रुपैया तोकिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। 

नेपालले दोस्रो खेल लाओसको भेन्टियानामा खेल्नेछ।

दुवै टिम पहिलो चरणमा जित निकाल्दै दोस्रो चरणमा आफुलाई सुरक्षित गर्न चाहन्छन्। दोस्रो चरणमा पुग्ने टिमले एसियाका शीर्ष देशसँग होम एण्ड अवेका आधारमा छनोट खेल्ने अवसर पाउनेछन्।

प्रकाशित: २५ आश्विन २०८० ०९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App