१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

साका राष्ट्रिय टोलीमा समावेश हुने सम्भावना न्यून

इङ्लिस प्रिमियर लिगको क्लब आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले चोटका कारण आफ्ना स्ट्राइकर बुकायो साका आगामी खेलका लागि इङ्ल्यान्डको राष्ट्रिय टोलीमा समावेश हुने सम्भावना न्यून रहेको बताएका छन् ।  

आइतबार आर्सनलले प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीमाथि १–० को जित निकालेको खेल साकाले ह्यामस्ट्रिङको समस्याका कारण गुमाएका थिए ।

इङ्ल्यान्डले अक्टोबर १३ मा अस्टे«लियाको सामना गर्नेछ भने त्यसको चार दिनपछि युरोपियन च्याम्पियनसिप २०२४ को छनोट चरणमा इटालीको सामना गर्नेछ । ‘साका आगामी केही खेलमा मैदान उत्रने सम्भावना न्यून छ,’ अर्टेटाले भने, ‘उनी अहिले प्रशिक्षणमा सहभागी छैनन् ।’ यद्यपि अर्टेटाले साका कहिलेसम्म मैदानबाहिर रहनेबारे भने केही भन्न नसकिने बताए ।  

‘साका घाइते छन् र उनी अहिले मैदान बाहिर छन्,’ अर्टेटाले भने, ‘उनी कुन खेलबाट मैदान फर्कन्छन् अहिले नै केही भन्ने अवस्था छैन ।’  

साकाले अर्टेटाको प्रशिक्षणमा प्रिमियर लिगमा लगातार ८७ खेल खेलेका छन् । आइतबार सिटीविरुद्धको खेलमा अनुपस्थित भएसँगै उनको यो यात्रामा समेत पूर्णविराम लागेको छ ।  

गत मंगलबार युरोपियन च्याम्पियन्स लिगअन्तर्गत लेन्सलाई २–१ को नतिजा सुम्पिएको खेलका क्रममा साका ह्यामस्ट्रिङको समस्याका कारण मैदानबाट बाहिरिएका थिए । प्रिमियर लिगअन्तर्गत बर्नामाउथविरुद्ध गत साता सम्पन्न खेलमा मैदान उत्रिए पनि उनी खेलदौरान नै मैदानबाट बाहिरिएका थिए ।  

इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेटले गत बिहीबार साका पूर्ण रूपमा फिट नभएसम्म मैदान नउतार्ने बताएका थिए । उनले साका टोलीको महŒवपूर्ण सदस्य भएकाले केही समय आराम दिने बताएका थिए ।  

‘हामी युरोपियन च्याम्पियनसिपको छनोटको तयारीमा छांै,’ साउथगेटले भने, ‘टोलीमा साकाको उपस्थिति महत्त्वपूर्ण रहँदै आएको छ । यद्यपि उनी पूर्ण रूपमा फिट भएपछि मात्र हामी उनलाई आगामी खेलमा टोलीमा समावेश गर्छौ ।’

प्रकाशित: २३ आश्विन २०८० ०२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App