१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

एसियाली खेलकुदको क्रिकेटमा नेपालको क्वाटरफाइनलमा भेट कोसँग

चीनमा जारी १९ औं एसियाली खेलकुदको क्रिकेटमा आज नेपाल  माल्दिभ्सलाई १ सय ३८ रनको विशाल रनबाट हराउँदै समूह ए को विजेताको हैसियतसँगै क्वाटरफाइलमा पुगेको छ।नेपालले पहिलो खेलमा  मङ्गोलियालाई कीर्तिमानी २ सय ७३ रनले हराएर विश्वको ध्यान केन्द्रित गर्न सफल भएको थियो।

यसैगरी समूह बी बाट हङकङ र समूह सी बाट मलेसिया क्वाटरफाइनलमा आउने पक्कापक्की जस्तो भएको छ। अहिले हङकङ र जापानबिच खेल भईरहेको छ।विजेता टोली क्वाटरफाइनलमा पुग्नेछ।

भोलि सोमबार मलेसियाले अन्तिम खेल थाइल्यान्डसँग खेल्नेछ।मलेसिया पराजित भएमा पनि नेटरनरेटका कारण क्वाटरफाइनलमा पुग्ने देखिन्छ।

नेपालको क्वाटरफाइनलमा भेट कोसँग 

समूह चरणबाट जाने चार टोली क्वाटरफाइनलमा भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्का मध्य एकसँग खेल्नुपर्ने हुन्छ।अर्थात नेपालले क्वाटरफाइनलमा बङ्गलादेश, श्रीलङ्का, भारत र पाकिस्तान मध्य एक टोलीसँग खेल्नेछ।

नेपाल क्वाटरफाइनलमा कोसँग खेल्ने भन्ने कुरा सोमबार मात्रै टुङ्गो लाग्नेछ।क्वाटरफाइनलको टुङ्गो ड्रबाट सार्वजनिक हुनेछ।

भारत र पाकिस्तान पर्ने टोलीले क्वाटरफाइनलमा मंगलबार खेल्नेछन्।श्रीलङ्का र बङ्गलादेशसँग पर्ने टोलीले बुधवार क्वाटरफाइनल खेल्नेछन्।सेमिफाइनलका दुवै खेल शुक्रवार हुनेछन्।फाइनल र कास्य पदका लागि आउने शनिबार खेल हुनेछ।

प्रकाशित: १४ आश्विन २०८० ०७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App