१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

१९ औँ एसियाली खेलकुद: टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिसतर्फ आज भएको खेलमा नेपालका सिक्का सुवाल श्रेष्ठ र नविता श्रेष्ठ पराजित भएका छन्।

गोन्सु क्यानल स्पोर्टस् सेन्टरमा महिला एकलतर्फ नेपालकी सिक्का जापानी खेलाडी मियु हिरानोसँग ४–० को सोझो सेटमा पराजित भइन्। उक्त खेल जापानी खेलाडी हिरोनोले ११–७, ११–१, ११–४ र ११–५ अंकले जितिन्।

यसैगरी महिला एकलतर्फ नै नेपालकी नविता श्रेष्ठ भारतीय खेलाडी मनिका बात्रासित ४–० सोझो सेटमै पराजित भइन्। नविताले उक्त खेल ५–११, ४–११, ३–११ र २–११ अंकले गुमाइन्। 

यस्तै महिला डबल्सतर्फ पनि सिक्का र नविताको जोडी चीनका यिदी वाङ्ग र मेङ्ग चेनको जोडीसित ३–० को सोझो सटमा पराजित भयो। सिक्का र नविताले उक्त खेल ३–११, ४–११ र १–११ अंकले गुमाउन पुगे। यसअघि नेपाली टोली पुरुष एकल, पुरुष डबल्स र मिक्स डबल्समा पनि पराजित भइसकेको छ।

अब नेपालले टिम स्पर्धामा प्रतिस्पर्धा गर्न बाँकी छ।

प्रकाशित: ११ आश्विन २०८० १४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App