१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

१९ औँ एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन

तस्बिर: अनिल मल्ल ठकुरी/नागरिक

१९ औँ एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन भएको छ।

चीनका राष्ट्रपति सी जीनपिङले हान्झाउमा प्रतियोगिताको उद्घाटन गरेका हुन्। समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी छन्।

केही खेलहरु यसअघि नै सुरु भइसकेका भए पनि औपचारिक उद्घाटन आज भएको हो। एसिया मात्रै नभएर विश्वले नै उद्घाटन यो समारोहलाई चासो दिएर हेरेको छ। प्रतियोगितामा ४० खेलका ६१ वटा विधामा चार सय ८१ प्रतिस्पर्धा हुनेछन्।

प्रतियोगिताको मूल नारा ‘हर्ट टु हर्ट एट फ्युचर’ अर्थात भविष्यमा हृदयदेखि हृदयसम्म रहेको छ।

अन्य तस्बिरहरु: एजेन्सी 

प्रकाशित: ६ आश्विन २०८० १५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App