१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

इङ्ल्यान्डको टोलीसँग नेपालले खेल्ने

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले इङ्ल्यान्डको तेस्रो श्रेणीको टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल संघ (एन्फा) को आइतबार सम्पन्न आकस्मिक कार्यसमिति बैठकले नेपाल र इङ्लिस टोलीबीच मैत्रीपूर्ण फुटबल खेल्ने निर्णय गरेको हो। उक्त खेल अप्रिल र मेभित्र हुनेसमेत एन्फाले उल्लेख गरेको छ। एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको अध्यक्षतामा बसेको बैठकले चार निर्णय गरेको थियो। यस क्रममा खेल र प्रशिक्षणका दौरान घाइते भएका, दीर्घरोगी विभिन्न उमेरसमूहका खेलाडी तथा रेफ्रीहरूलाई आर्थिक सहयोग गर्ने निर्णय पनि एन्फाले गरेको छ।

विभिन्न देश र दातृ निकायसँग आर्थिक सहयोग र अन्य सम्झौता गर्न पनि अध्यक्ष नेम्बाङलाई सो बैठकले अख्तियारी प्रदान गरेको छ। एन्फाले विश्वकप क्वालिफाइङ राउन्ड एसियन जोनको मिडिया र कमर्सियल राइट पनि एक मलेसियन कम्पनीलाई बेचेको छ। कोरम नपुगेपछि एन्फाको विशेष साधारण सभा स्थगित भएको छ। उक्त स्थगित साधारण सभा सोमबार हुने एन्फाले जनाएको छ। कुल ८६ सदस्यमध्ये ३८ जना मात्र उपस्थित भएपछि साधारण सभा स्थगित गर्नुपरेको थियो।  

प्रकाशित: २५ भाद्र २०८० ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App