एसिया कप क्रिकेटमा पाकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको भारतले लगातार २ वटा विकेट गुमाएको छ।
पहिलो विकेट पाकिस्तानी बलर शादाब खानले भारतीय कप्तान रोहित शर्मालाई आउट गरेर लिएका हुन भने दोस्रो विकेट पाकिस्तानी बलर शाहिन शाहले भारतीय ब्याट्सम्यान शुबमन गिललाई आउट गरेर लिएका हुन।
गिल ५२ बलमा ५८ रन बनाएर आउट भए भने कप्तान रोहित ४९ बलमा ५६ रन बनाएर आउट भएका हुन।
अहिले भारतले १९ ओभरमा २ विकेट गुमाएर १३१ रन बनाएको छ । क्रिजमा भारतीय ब्याट्सम्यान विराट कोहनी र केएल राहुल खेलिरहेका छन्।
एसिया कपको यो प्रतिस्पर्धा श्रीलङ्काको कोलोम्बोस्थीत आर प्रेमदासा क्रिकेट स्टेडियममा भइरहेको छ। यो खेलमा पाकिस्तानले टस जितेर बलिङ रोजेको थियो।
सुरुवाती ओभरमा भारतका ओपनर ब्याट्सम्यान तथा भारतीय कप्तान रोहित शर्मा र शुबमन गिलले पाकिस्तानका बलरलाई आच्छु आच्छु पारेका थिए।
प्रकाशित: २४ भाद्र २०८० ११:०३ आइतबार