२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

एसिया कप क्रिकेट: भारत र पाकिस्तानबिच आज खेल हुँदै

एसिया कप क्रिकेट अन्तर्गत आज  भारत र पाकिस्तानबिच आज खेल हुँदैछ।

श्रीलङ्काको कोलम्बोमा हुने यी दुई बिचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ मा सुरु हुनेछ। खेल श्रीलङ्काको कोलोम्बोस्थीत आर प्रेमदासा क्रिकेट स्टेडियममा हुनेछ।

समूह चरणमा भारत र पाकिस्तानको खेल वर्षाको कारण पुरा हुन नसकेर बराबरीमा सकिएको थियो। सुपर फोरको पहिलो खेलमा पाकिस्तानले  बङ्गलादेशलाई पराजित गरी सुखद सुरुआत गरेको छ। भारतको भने यो सुपर फोरको पहिलो खेल हो। सुपर फोरमा समूह ए बाट पाकिस्तान र भारत तथा समूह बी बाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन। सुपर फोर मा बङ्गलादेशले दुई वटा खेल खेलिसक्यो। उसले दुवै खेलमा पराजित भोगेको छ। 

यसै विच भारतविरुद्ध खेल्ने पाकिस्तानको प्लेईङ ११ घोषणा भइसकेको छ। बाबर अजामको कप्तानीमा प्लेईङ ११ को घोषणा भएको हो।

पाकिस्तानको प्लेईङ ११ 

बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, फहिम असरफ, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह

प्रकाशित: २४ भाद्र २०८० ००:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App