१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

पेनाल्टीमा चुक्दा म्यानमारसँग नेपाल बराबरीमा

मैत्रीपूर्ण फुटबल खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ।आज म्यानमारको थुवुन्ना रंगशालामा भएको खेल गोल रहित बराबरीमा सकिएको हो।

म्यानमारविरुद्ध नेपालले उत्कृष्ट खेल प्रर्दशन गरेपनि गोल गर्न भने सकेन । म्यानमारविरुद्ध नेपालले पाएको पेनाल्टीलाई नेपालका अन्जन विष्टले सदुपयोग गर्न नसक्दा नेपाल जितबाट बन्चित हुन पुग्यो । विश्वकप छनोटको तयारीमा रहेको नेपाल तयारीका लागि म्यानमारमा छ । नेपालले म्यानमारको राष्ट्रिय फुटबल टिमसँग दुई मैत्रीपुर्ण फुटबल खेल्नेछ ।  

दुवै देशले फिफा डेट अनुसार मैत्रीपूर्ण फुटबल खेलेका हुन्।दोस्रो मैत्रीपूर्ण खेल आउने सोमबार हुनेछ।

प्रकाशित: २२ भाद्र २०८० १४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App