१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

एसिया कपः सुपर फोरको पहिलो खेलमा बङ्गलादेशमाथि पाकिस्तानको जित

एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतको सुपर फोरको पहिलो खेलमा पाकिस्तानले जित हात पारेको छ।  

बुधवार भएको सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्गलादेशलाई ७ विकेटले पराजित गरेको हो।

पाकिस्तानको लाहोरमा रहेको गद्दाफी स्टेडियममा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ्ग गरेको बङ्गलादेशले ३८ दशमलब ४ ओभरमा  सबै विकेट गुमाएर १९३ रन बनाएको थियो। १९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३९ दशमलब ३ ओभरमा  जम्मा ३ विकेट गुमाएर पूरा गर्यो।

अब पाकिस्तानले सुपर फोरको आफ्नो अर्को खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। भारत र पाकिस्तानबीचको खेल आइतवार हुनेछ।  

प्रकाशित: २१ भाद्र २०८० ०१:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App