१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

यु–१७ ब्याडमिन्टनमा रजत पदक विजेता अभयलाई सम्मान

कपिलवस्तु नगरपालिकाले दक्षिण एशिया क्षेत्रिय जुनियर च्याम्पियन यु–१७ ब्याडमिन्टन पुरुष डबल्समा रजत पदक जितेका कपिलस्तुका अभय महरालाई नगरसहित सम्मान गरेको छ।  

गत भदौ ५ गते काठमाडाँैमा संपन्न प्रतियोगितामा महराले डबल्स तर्फ मिक्स टिम ईभेन्टमा समेत नेपाललाई कास्य पदक दिलाएका थिए। नगरपालिकाले महरालाई १५ हजार नगद, दोसल्ला, खादा र प्रशंसा पत्रले सम्मानित गरेको हो।

सो अवसरमा महराका बुवा एडीशन र आमा, हजुर बुवा र हजुर आमासहित परिवारका अन्य सदस्यहरूलाई पनि सम्मानित गरिएको थियो। मेयर पौडेलले नेपाल तथा देशलाई नै पदक दिलाएर अभयले देश कै शान उचो राखेको बताए।  

मेयर पौडेलले बुद्धनगरीलाई अभयले उपहार स्वरुप ठुलो खुशी दिएको बताए। नगरपालिकाको वडा नम्बर १ गाढी टोलका अभयले आफुले कक्षा १० सम्म पढ्दा गुरु राजेश शाक्यले ठूलो उत्साह थपेको बताए।  

वडा नम्बर ३ का अध्यक्ष तथा क्रिकेट सङ्घका जिल्ला अध्यक्ष प्रकाश गैरले अभय जस्तै खेलाडी उत्पादन गर्न ३ वटै तहका सरकारले लगानी बढाउनु पर्ने बताए। मेयर पौडेलको अध्यक्षता, पदमराज श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत गणेश प्रसाद अर्यालल लगायतको सहभागीता थियो।

कपिलवस्तुका ब्याडमिन्टन खेलाडी अभय महराको जोडीले दक्षिण एशिया क्षेत्रिय जुनियर च्याम्पियन यु १७ ब्याडमिन्टन पुरुष डबल्समा रजत पदक जितेको थियो। सशस्त्र प्रहरी बलको हलचोक स्थित कबर्डहलमा सम्पन्न फाईनल खेलमा नेपालका खेलाडी अभय महरा र कविर केसीको जोडीले रजत पदक जितेको थियो।  

प्रकाशित: १९ भाद्र २०८० ११:१४ मंगलबार

कपिलवस्तु नगरपालिका दक्षिण एशिया जुनियर च्याम्पियन यु–१७ ब्याडमिन्टन पुरुष डबल्स