१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल र भारतबीचको खेल सुरु, भारतलाई १४५ रनको नयाँ लक्ष्य

वर्षाका कारण रोकिएको एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल पुनः सुरु भएको छ।

श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा बर्षा बाधक बनेपछि निर्धारित ५० ओभरको खेललाई छोटयाएर २३ ओभरमा झारिएको छ। यससँगै अब भारतले १४५ को नयाँ लक्ष्य प्राप्त गरेको छ।

त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको नेपालले भारतलाई जितको लागि दुई सय ३१ रनको लक्ष्य दिएको थियो। जवाफी व्याटिङमा उत्रेको भारतले वर्षाले खेल रोकिनु अघि दुई दशलव एक ओभरमा कुनै पनि विकेट नगुमाईकन १७ रन बनाएको थियो। केहीबेर अघिसम्म भारतले सात ओभरमा बिना कुनै विकेट ४५ रन बनाएको छ।

भारतका लागि सुभमन गिल २२ तथा कप्तान रोहित शर्मा २२ रनका साथ मैदानमा छन्।

नेपालले ४२ दशमलव २ ओभरमा सबैविकेट गुमाउँदै २ सय ३० रनको योगफल बनाएको थियो। नेपालका लागि आसिफ शेखले ५८, सोमपाल कामीले ४८, कुशल भुर्तेलले ३८, दीपेन्द्रसिंह ऐरीले २९ र गुल्सन झाले २३ रन बनाएका थिए।

बलिङतर्फ भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन तीन विकेट लिएका थिए भने मोहम्मद सामी, हार्दिक पान्ड्या र शार्दुल ठाकुरले समान एक एक विकेट लिएका थिए।

प्रकाशित: १८ भाद्र २०८० १६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App