२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

गण्डकी प्रादेशिक हक्की संघ गठन

गण्डकी प्रादेशिक हक्की संघको भेलाले दीपकबहादुर थापाको अध्यक्षतामा सात सदस्यीय प्रदेश समिति सर्वसम्मत गठन गरिएको छ। गठित समितिको उपाध्यक्षमा मिलन केसी, सचिवमा पूजा पुन, कोषाध्यक्षमा बलबहादुर शाही रहेका छन।  

यसैगरी सदस्यहरूमा चनमन श्रीमल, दिपक थापा, अजय क्षत्री रहेका छन्। केन्द्रीय प्रतिनिधिको रुपमा नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काको उपस्थिति रहेको थियो। प्रदेश खेलकुद परिषद् गण्डकीको प्रतिनिधिको रुपमा सदस्य केशव पाठकको रोहबरमा नयाँ समिति सर्वसम्मत गरिएको हो।  

प्रदेशको कास्की, स्याङजा, तनहुँ, पर्वत र बागलुङमा नयाँ कार्यसमिति गठनपछि प्रादेशिक संघ गठन गरिएको हो। हक्कीको प्रादेशिक संघ गठन भएको यो पहिलो हो। यसभन्दा अघि प्रादेशिक संघ भने थिएन। प्रादेशिक संघ नभए पनि हक्कीले प्रदेशस्तरीय प्रतिस्पर्धामा भने सिधै छनोट भएर राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ।  

प्रदेश गठनसँगै हक्की संघलाई एउटै चिन्ताले सताउँदै आएको छ। खेलाडी तथा संघका पदाधिकारीको एउटै चिन्ता मैदान अभावकै हो। पोखरा रङ्गशालाभित्र आवश्यक खेल मैदानको अभावले हक्कीका खेलाडीहरुले प्रशिक्षण गर्न पाएका छैनन्। पोखरा रङ्गशाला बाहेक अन्यत्र समेत मैदान नहुँदा प्रशिक्षणमा समस्या भएको नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले गुनासो गरे।  

प्रदेश गठनसँगै हक्की संघलाई एउटै चिन्ताले सताउँदै आएको छ। खेलाडी तथा संघका पदाधिकारीको एउटै चिन्ता मैदान अभावकै हो। पोखरा रङ्गशालाभित्र आवश्यक खेल मैदानको अभावले हक्कीका खेलाडीहरुले प्रशिक्षण गर्न पाएका छैनन्। पोखरा रङ्गशाला बाहेक अन्यत्र समेत मैदान नहुँदा प्रशिक्षणमा समस्या भएको नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले गुनासो गरे। ‘हक्कीप्रति युवापुस्ताको आकर्षण छ। नियमित जसो गतिविधि हुदैं आएका छन्। तर पनि मैदानकै अभावमा खेलाडीले प्रशिक्षणको अवसर पाएका छैनन्,’ उनको भनाई थियो।  

पोखरा रङ्गशालाभित्रै मैदान बनाउन तत्कालीन जिल्ला हक्की संघ कास्कीले सुटिङ संघलाई उपलब्ध गराएको मैदान सम्याउने काम गरेको थियो। यद्यपी सुटिङ संघको असहमतिपछि मैदानको काम पूर्णरुपमा स्थगित हुन पुग्यो। सुटिङ संघले आफ्नो पूर्वाधार निर्माण नबनाई सकेको अवस्थामा मैदानलाई हक्की खेल प्रशिक्षण स्थल बनाउन सकिने प्रादेशिक हक्की संघले प्रस्ताव गरेको थियो। तर सुटिङ संघले भने प्रस्तावलाई अस्वीकार गरेपछि हक्की प्रशिक्षणविहीन अवस्थामा छ। संघका केन्द्रीय उपाध्यक्ष खड्काले पोखरा रङ्गशालाभित्रै ओभर हेड ट्याङ्की नजिकैको खाली ठाउँलाई प्रशिक्षण स्थल बनाउने प्रयास भएको सुनाए ।  

नवनिर्वाचित उपाध्यक्ष केसीले ओभर हेड ट्याङ्की नजिकैको खाली ठाँउमा सम्याएर हक्कीको लागि प्रशिक्षण स्थल बनाउने स्पष्ट पारे। ‘अबको एउटै उद्देश्य नै प्रशिक्षण मैदान बनाउने हो,’ उनको भनाई थियो। केसी कास्की जिल्ला हक्की संघका निवर्तमान अध्यक्ष समेत हुन्।  

प्रकाशित: १५ भाद्र २०८० ०९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App