५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

एसिया कप : पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गर्ने

एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्ध नेपालले पहिला बलिङ  गर्ने भएको छ।  

पाकिस्तानको मुल्तान क्रिकेट रंगाशालामा हुने यो खेलमा नेपालले टस  हारेर पहिला बलिङ गर्ने भएको हो ।  

पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला व्याटिङ  गर्ने निर्णय गरे पछि नेपालले पहिला बलिङ गर्न लागेको हो । खेल दिउँसो ३ : १५ मा मुल्तान क्रिकेट रंगाशालामा हुनेछ। नेपालको कप्तानी रोहित पौडेल र पाकिस्तानको बाबर आजमले गरेका छन । 

नेपालको प्लेईङ–११ 
कुशल भुर्तेल, आसिफ शेख (विकेट),  रोहित पौडेल (कप्तान), आरिफ शेख,  कुशल मल्ल,  दीपेन्द्र सिंह ऐरी,  गुल्सन झा,  सोमपाल कामी,  करण केसी,  सन्दीप लामिछाने, ललित राजवंशी

पाकिस्तानको प्लेईङ–११
बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह

प्रकाशित: १३ भाद्र २०८० ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App