२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्रादेशिक क्रिकेट संघ गण्डकीको अध्यक्षमा सिग्देल

गण्डकी प्रादेशिक क्रिकेट संघको दोस्रो अधिवेशनबाट सन्जयकान्त सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। अधिवेशनले कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका सिग्देलको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो।  

समितिको उपाध्यक्षमा प्रकाश पौडेल(नवलपुर), सचिवमा सुमनराज कार्की(तनहुँ) र कोषाध्यक्षमा दिवाकर थापा(स्याङ्जा) रहेका छन्। यसैगरी सदस्यहरुमा देवेन्द्र प्रजू, ऋषिराम गौतम, फणिन्द्रबहादुर खड्का, धामनाथ सापकोटा, रेशमबहादुर केसी, विद्यादेवी भट्टराई, भोजराज बराल र सन्तोष शर्मा रहेका छन्। कार्यसमितिको कार्यकाल चारवर्षको हुनेछ।  

अध्यक्ष सिग्देलले अबको चुनौति नै प्रादेशिक क्रिकेट मैदान बनाउने भएको बताए। उनले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई अन्तरर्राष्ट्रिय भेन्युको रुपमा विकास गर्न सरोकार निकायसँग पहल गर्ने बताए। उनले पोखरालाई काठमाडौंपछिको सौन्दर्यकै हिसाबले पनि अन्तर्राष्ट्रिय क्रिकेट भेन्यु बनाउन नेपाल क्रिकेट संघले समेत प्रतिबद्धता जाहेर गरेको अवस्थामा प्रदेश सरकार तथा स्थानीय तहसँग समेत सहकार्य गर्ने प्रतिबद्धता जनाए।  

अध्यक्ष सिग्देलले पोखरा रंगशालाभित्रको क्रिकेट मैदानसँगै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न आवश्यक बैकल्पिक मैदान निर्माण अत्यावश्यक भएको उल्लख गरे। उनले त्यसको लागि प्रदेश खेलकुद परिषदले विभिन्न जिल्लामा जग्गा खोजीकार्य भईरहेको सुनाउँदै परिषदको टोलीले आवश्यक अध्ययन गरेर प्रतिवेदन बुझाउने स्पष्ट पारे।  

प्रदेश सरकारले प्रादेशिक क्रिकेट मैदान बनाउन ४० लाख रुपैयाँ बजेट छुट्टाएको छ। बजेट सम्भावित जग्गाको खोजी कार्य गरी पहिचान गरेर बनाउन प्रादेशिक क्रिकेट संघ गण्डकीले दवाव दिने बताए। प्रदेश खेलकुुद परिषद गण्डकीसँगको सहकार्य गर्दै प्रदेशस्तरीय क्रिकेट प्रतियोगितालाई बढवा दिने जिकिर गरे। क्रिकेट मैदानसँगै खेलाडीको प्रवद्र्धन गर्न प्रादेशिक क्रिकेट संघले आफनो तर्फबाट कुनै कसर बाँकी नराख्ने समेत अठोट समेत अध्यक्ष सिग्देलले लिएका छन्।  

प्रकाशित: ७ भाद्र २०८० ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App