२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

स्केटिङ महासभामा खनाल सहभागी हुने

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले स्केटबोर्डको ओसेनिया महासभामा सम्बोधन गर्ने भएका छन्।  

अस्ट्रेलियन स्केट बोर्डिङ फेडेरेसन तथा न्युजिल्यान्ड स्केट बोर्डिङ फेडेरेसनको संयुक्त आयोजनामा अस्ट्रेलियाको राजधानी क्यानबेरा र न्युजिल्यान्डको राजधानी वेलिङ्टनमा हुने ओसेनिया महासभामा खनालले सम्बोधन गर्ने भएका हुन्। कार्यक्रम आगामी भदौ १० देखि २० गतेसम्म हुँदै छ। खनालले नेपालमा स्केटिङ तथा स्केट बोर्डिङ खेलको सम्भावनाका बारेमा प्रस्तुति दिनुका साथै आफ्नो देशको खेल विकासमा सहयोगका लागि आग्रह गर्नेछन्। उक्त कार्यक्रममा जापान, कोरिया, हङकङ, चीन, भारतलगायतका राष्ट्रको सहभागिता रहने अध्यक्ष खनालले जानकारी गराए।

प्रकाशित: २९ श्रावण २०८० ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App