१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भुटानी क्लब पारोलाई हराउँदै मच्छिन्द्र दोस्रो चरणमा

नेपाली क्लब मच्छिन्द्र फुटबल क्लब एएफसी कप छनोट अन्तर्गत प्लेअफको दोस्रो चरणमा प्रवेश पुगेको छ। 

भुटानी क्लब पारो एफसीलाई ३-२  गोलले  हराउँदै  मछिन्द्र पहिलो पटक दोस्रो चरणमा पुगेको हो। 

आज दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रलाई  दोश्रो चरणमा पुराउन विमल घर्ती मगर, आयुष घलान र  ओलावाले आफिजले १/१ गोल  गरेका हुन। मछिन्द्रले तीनै गोल मध्यान्तर अघि गरेको हो । पारोले मध्यान्तर अघि एक र मध्यान्तर पछि एक गोल गरेको हो। 

मछिन्द्रले अब प्लेअफको दोस्रो चरणमा भारतीय क्लब मोहन बगान सुपर जायन्टसंग  खेल्नेछ। खेल साउन ३१ गते  कोलकातास्थित साल्ट लेक रंगशालामा हुनेछ। 

प्रकाशित: २३ श्रावण २०८० १३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App