१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

यमनलाई गोल रहित बराबरीमा रोक्दै नेपालले अंक जोड्यो

काठमाडौं- एएफसी एसिया कप २०१९ को छनोट अन्तर्गतको खेलमा नेपालले यमनलाई गोल रहित बराबरीमा रोकेको छ।

नेपाल भन्दा बलियो मानिएको यमनलाई गोलरहित बराबरीमा रोक्दा नेपालको खातामा एक अंक चढेको छ। हलचोक स्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा खेल भएको थियो।

यसअघिको छनोट चरणमा फिलिपिन्ससँग नेपाल पराजित भएको थियो।

नेपाल र यमन दुवै देशका घरेलु फुटबल आआफ्नै कारणले प्रभावित छन्। भूकम्पले प्रभावित बनेको नेपालमा दुई वर्षअघिदेखि लिग हुन सकेको छैन। यमन आन्तरिक द्वन्द्वमा जुधिरहेको छ। द्वन्द्वका कारण यमनमा पनि लिग फुटबल हुन सकेको छैन। जापानी प्रशिक्षक ग्याटुको कोजीले नेपाली टोलीको प्रशिक्षण सम्हालेको करिब १ वर्ष पुग्यो। जिम्मेवारी सम्हाल्दा कोजीले नेपाली खेलाडी प्रतिभाशाली भएकाले जापानी शैलीमै फुटबल टोलीको विकास गर्ने लक्ष्य रहेको बताएका थिए।

फिफा वरीयतामा यमन नेपालभन्दा अगाडि छ। यमन १ सय २४औं र नेपाल १ सय ६९औं स्थानमा छन्। यसअघि नेपाल र यमनले दुई पटक खेलेका छन्। दुवैमा नेपालले सफलता हासिल गर्न सकेको थिएन।

प्रकाशित: ३० जेष्ठ २०७४ १२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App