१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

६५ रनमा आउट भए क्याप्टेन रोहित, गुल्शनको आठौं विकेट पनि गयो

फाइल तस्बिर

गुल्शन झा ३० बलमा ३८ रन बनाएर आउट भएका छन्। उनी भारतीय खेलाडी निशान्त सिन्धुको बलमा ध्रुवबाट क्याच आउट भएका हुन। नेपाली टिमका क्याप्टेन रोहित पौडेल ८५ बलमा ६५ रन बनाएर आउट भएका छन्। उनी पनि भारतीय खेलाडी  सिन्धुको बलमै आउट भएका हुन्। उनलाई ध्रुवले क्याच आउट गरेका थिए।

यसअघि सोमपाल कामीको विकेट झरेको थियो। ३६ ओभर खेलेर १६३ रन बनाएको नेपालले अहिलेसम्म आठौं विकेट गुमाएको छ। गुल्शन झा, रोहित शर्मा, सोमपाल कामीसहित कुशल मल्ल, भिम सार्की, देव खनाल, आसिफ शेख र कुशल भुर्तेल आउट भइसकेका छन्।

क्याप्टेन रोहित पौडेल र गुल्शन झाको पार्टनरसीप जमेको थियो। यी दुईले ५२ बलमा ५४ रन बनाएका थिए। यसअघि रोहितसँग सोमपाल कामीको पार्टनरसीप पनि जमेको थियो। उनीहरुले ८० बल खेलेर ५० रन बनाएका थिए। अहिले क्रिजमा शर्राफ र गुल्शन झाले ब्याटिङ गरिरहेका छन्। शर्राफ आठौं विकेटका रुपमा मैदानमा उत्रिएका छन्।  

यसअघि कुशल मल्ल ह्याङगर्गेकरको बलमा अभिषेक शर्माको हातबाट क्याच आउट भएका हुन्। यो विकेटसँगै नेपालको पावर प्ले पनि सकिएको थियाे। यसअघि भिम सार्की ८ बल खेलेर एक चौकासहित आउट भएका हुन्। उनी पनि भारतीय बलर हर्सित रानाको बलमा आउट भएका हुन्।

यसअघि देव खनालको विकेट गएको थियो। यसअघि आसिफ आउट भए। एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत एविरुद्धको खेलमा पहिलो विकेट कुशल भुर्तेल गएको थियो। उनी दोस्रो बलमै आउट भएका थिए। मल्ल भारतीय बलर हर्सित रानाको बलमा एलबीडब्लू भएका हुन्।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा नेपाल र भारत बीच प्रतिस्पर्धा भइरहेको छ। नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो।

प्रकाशित: १ श्रावण २०८० ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App