१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

सरोज र अंशुलाई हाफ म्याराथनको उपाधि

सरोज सिंह र अंशु मण्डलले मदन भण्डारी स्मृति माध्यमिक विद्यालय स्तरीय खुला ‘क्यापिटल हाफ म्याराथन’ को उपाधि जितेका छन्।

शनिबार विराटनगरमा नेपाल खेलकुद महासंघ मोरङले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ दमक बहुमुखी क्याम्पसका सरोजले १६ मिनेट २५ सेकेण्डमा दुरी पार गर्दै उपाधि जिते। छात्रातर्फ विराटनगरको आदर्श माविकी अंशुले १८ मिनेट ५० सेकेण्डमा दुरी पार गर्दै उपाधि जितेकी हुन्।

त्यस्तै, छात्रतर्फ धरान हिमालय मेघाका किरण लिम्बू द्वितीय, सिद्धार्थ पब्लिक हाइ स्कुलका प्रसान तामाङ तृतीय, अमर यादव चौथो र नवीन तामाङ पाँचौं स्थानमा पर्न सफल भए।

यसैगरी, छात्रातर्फको आदर्श स्कुलकी अमृता राजवंशी द्वितीय, सुस्मीता बस्नेत तृतीय, अञ्जली मुखिया चौथो र अन्जु खवास पाँचौं स्थानमा पर्न सफल भइन्।

विजेता छात्र/छात्राहरुले क्रमशः प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ स्थान हुनेले १५ हजार, १० हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँको साथै ट्रफी प्राप्त गरे। मदन भण्डारीको ७२ औं जन्म जयन्तीको अवसरमा आयोजित प्रतियोगितामा १ सय ५० जनाभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो।

खेलाडीलाई मदन भण्डारी फाउण्डेसनका अध्यक्ष गुरु बराल, नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, केन्द्रीय सदस्य सन्तोषी श्रेष्ठ, युवा व्यवसायी मनोजविक्रम शाह, खेलकुद महासंघ मोरङका अध्यक्ष मनोज खड्का लगायतले पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित: ३० असार २०८० १२:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App