२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

प्रमुख खेलाडीको पुनरागमनले मनोबल उच्च

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले बिहीबार हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्।

असोज ६ गतेबाट चीनमा हुने १९औं एसियाली खेलकुदको तयारीमा रहेको नेपालले बिहीबार पहिलो खेल खेल्नेछ भने दोस्रो खेल असार ३१ गते हुनेछ। ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा हुने खेल नेपाललाई गत वर्ष घरेलु मैदानमा सम्पन्न साफ महिला फुटबल च्याम्पियनसिप २०२२ को फाइनलमा व्यहोरेको हारको बदला लिने अवसरसमेत हो। सो खेलमा नेपाल ३–१ ले पराजित भएको थियो।

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले बिहीबार हुने बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा सुखद नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्।

‘हामीले राम्रो तयारी गरेका छौं र बंगलादेशविरुद्ध सुखद नतिजा निकाल्नेमा विश्वस्त छौं,’ थापाले भने, ‘टोलीका प्रमुख खेलाडीले यस खेलमार्फत पुनरागमन गर्दै छन्। त्यसले पनि टोलीको मनोबल बढाएको छ।’

यस पटक टोलीमा गीता राना, प्रीति राई र अञ्जली वाइबाले पुनरागमन गरेका हुन्। प्रशिक्षक थापा नेपाली टोलीले पछिल्लो समय लगातार अन्तर्राष्ट्रिय खेल खेलिरहेकाले सो खेलमा बटुलेको अनुभव अब नतिजामा उतार्नुपर्ने बताउँछन्।

त्यस्तै नेपालकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले बंगलादेश बलिया टोली भएकाले उनीहरूविरुद्ध सतर्क भएर खेल्ने बताइन्।

‘बंगलादेश बलियो टोली हो। उनीहरू पछिल्लो समय दक्षिण एसियाली फुटबलको पावर हाउसका रूपमा उदाएका छन्,’ सुब्बाले भनिन्, ‘घरेलु मैदानमा बंगलादेशलाई हराउन सहज छैन। तर हामी उनीहरूविरुद्ध सुखद नतिजा निकाल्नेमा आशावादी छाैं।

हामीले साफमा उनीहरूलाई नतिजा सुम्पिएका थियाैं। तर अब विगतको नतिजाको अर्थ छैन। टोलीमा केही प्रमुख खेलाडीले पुनरागमन गरेका छन्। जसले टोली थप बलियो भएको छ।’

यता मोहबुबु रहमन लिटुको प्रशिक्षणमा रहेको बंगलादेशी टोली घरेलु मैदानमा नेपालमाथि सुखद नतिजाको लक्ष्यमा हुनेछ। ‘नेपाल पनि बलियो टोली हो। हामीले साफ च्याम्पियनसिपको फाइनलमा नेपाललाई हराए पनि अहिले नेपाली टोलीमा धेरै परिवर्तन भैसकेको छ,’ लिटुले भने, ‘हामी उत्कृष्ट प्रदर्शनसहित नेपालमाथिको दबाब कायम राख्न चाहन्छाैं।’

बंगलादेशकी कप्तान सविना खातुनले नेपाली टोलीलाई कमजोर रूपमा नलिने बताइन्।

‘बंगलादेश बलियो टोली हो। उनीहरू पछिल्लो समय दक्षिण एसियाली फुटबलको पावर हाउसका रूपमा उदाएका छन्,’ सुब्बाले भनिन्, ‘घरेलु मैदानमा बंगलादेशलाई हराउन सहज छैन। तर हामी उनीहरूविरुद्ध सुखद नतिजा निकाल्नेमा आशावादी छाैं।

‘पछिल्लो पटक हामीले नेपालविरुद्ध भदौमा साफ महिला च्याम्पियनसिपमा खेलेका थियौं,’ खातुनले भनिन्, ‘सो खेलमा जितसहित हामीले उपाधि आफ्नो पक्षमा पारेका थियौं। तर दुवै टोलीमा केही परिवर्तन भएको छ। हामीले साफ च्याम्पियनसिपको फाइनलपछि पछिल्लो ८ महिना कुनै पनि खेल खेलेका छैनौं। यस बीचमा नेपालले भने केही अन्तर्राष्ट्रिय खेल खेलेको छ। त्यसैले नेपाली टोली हामीभन्दा बलियो छ।’ 

प्रकाशित: २८ असार २०८० ०२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App