१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

अन्तर क्वान खुला उसु बुधबारदेखि

फाइल तस्वीर

नेपाल उसु महासंघको आयोजनामा तेस्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा बुधबारदेखि सुरु भएको छ।

प्रतियोगिताको संघीय पूर्वमन्त्री बिना मगरले एक कार्यक्रमबीच उद्घाटन गरिन्। प्रतियोगितामा विभिन्न ३४ क्वानका १ सय २० पुरुष तथा ८० महिला गरी २ सय खेलाडीको सहभागिता छ।

थाउलो र सान्सौंमा समान १०/१० गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। उद्घाटनका अवसरमा मित्रराष्ट्र चीनको होङझाउमा हुने १९औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए।

कार्यक्रममा राखेपका सदस्यसचिव टंकलाल घिसिङ, चीन दूतावासका डेपुटी चिफ कन्सुलर वाङ सिन, राखेपका सदस्य एवं आयोजक उसु महासंघका अध्यक्ष जनकप्रसाद बर्तौला, राखेपका सदस्य अञ्जन धमला, प्रकाशकुमार कुसारी र पेमाडोल्मा लामा, नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले उपस्थिति रहेको थियो। प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ।

प्रकाशित: २१ असार २०८० ०३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App